Tuesday, November 26, 2013

मनाङ परिवार कोरियाको अध्यक्षमा पुन प्रकाश लामाको चयन l

रमेश खावाजु ,दक्षिण कोरिया l
२०१३ नोभेम्बर २४ तारिक आइतबारका दिन दोङदेमुनको पुजा 1 रेष्टुरेन्टमा मनाङ परिवार कोरियाको छैठौ साधारण सभा सम्पन्न भएको छ l
सउलको दोङदेमुन स्थित  पुजा 1 रेष्टुरेन्टमा भएको साधारण सभामा संस्थाको कमि कमजोरीलाइ सूधार गर्दै आगामी दिनहरूमा  अझै संस्थालाई  सशक्त रुपमा अगाडि बढाउने निष्कर्ष निकाल्दै प्रकाश लामाको
अध्यक्षतामा नंया कार्यसमिति चयन गरिएका छ l अध्यक्ष  प्रकाश लामाले संस्था  खोलेर  मात्र भएन  अरु संस्थाहरु सीत सहकार्य  गरि अगाडी  बढ्नु पर्ने,इपीएस  मार्फत कोरिया आइपुगेका नेपाली साथीहरुले पनि आ -आफ्नो  जिल्लाका  संस्थाहरुमा आबद्ध भए आफु जन्मेको ,हुर्केको ठाउँको बिकासमा केहि राहत हुने बताए l  अध्यक्ष लामाले दक्षिण कोरियामा केहि नेपालीहरु  आपत तथा बिरामी  नहुन्जेल  नेपाली  समुदाय  तथा संस्था नखोज्ने  जब  बिरामी  अर्थात्  समस्या पर्छ तब सबै  संस्थाहरुलाई  हात  फैलाउने  जस्ता कार्य  नगर्न  पनि  अनुरोध  गर्नुभएको छ l

२४ नोभेम्बरमा भएको साधारण सभाको बैठकमा आफ्नै धर्म र संस्कृतिको जगेर्ना  गर्ने तथा जिल्लाबासीहरुको सम्बन्ध अझ प्रगाढ बनाउन  ल्होछारको उपलक्ष्यमा (Jan30~ Feb1 )सलनालका दिन २ रात ३ दिने पिकनिक कार्यक्रम राख्ने निर्णय गरेको छ l   सलनालमा पिकनिक  कार्यक्रम हुने भएकोले  उक्त दिन   क्षमा माग्दै  अन्य संस्थाहरुको कार्यक्रममा  उपस्थित हुन नसक्ने  जानकारी मनाङले  परिवार यसै सुचना मार्फत  गरिएको छ l

मनाङ परिवारको  नवगठित कार्यसमिति 
अध्यक्षः       श्री प्रकाश लामा
उपाध्यक्षः      श्री संजय गुरूङ
सचीबः           श्री जित बा.लामा
सह-सचिबः    श्री साेम बा. गुरूङ
कोषाध्यक्षः      सुश्री डोल्कर गुरुङ
उप-कोषाध्यक्षः श्री मिङ्मार छिरिङ लामा
सदस्यः             सुश्री निमा साङ्गे लामा
सदस्यः             श्री सूर्य घले
सदस्यः            श्री कर्म गुरूङ(s)

No comments:

Post a Comment