Sunday, November 24, 2013

नेपाल ट्वान्टी-२० २० विश्वकप क्रिकेटको नजिक l

नेपालको ट्वान्टी-२० विश्वकप क्रिकेटको एक कदम नजिक पुगेको छ । अफ्गानिस्तानले केन्यालाई पराजित गर्नुका साथै डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा पछि परेपछि नेपाल समूहको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अब नेपालले समूह एको दोस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ, जसमा जित हात पारे २०१४ मा बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । पराजित भएमा प्ले अफबाट विजेता भएर आउने टोलीसँग खेल्ने मौका पाउनेछ, त्यसमा जित हात पारे नेपाल ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

No comments:

Post a Comment