विश्व ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले बर्मुडा २१ रनले हराएको छ ।
दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।
१ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको बर्मुडाले १९.२ ओभरमा सबै विकेट गुमाएर १२७ रनमा सिमित भएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर सुवास खकुरेलले ३५ प्रदिप ऐरी २२ सागर पुन १९ विनोद भण्डारी १३ तथा कप्तान पारस खड्का र सरद भेसवाकरले ७-७ रनको योगदान दिएका थिए ।
नेपालका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै पारस खड्का र अभिनास कर्णले २ - २ तथा बसन्त रेग्मी र सागर पुनले समान १-१ विकेट लिएका थिए ।
यो जितसँगै नेपालले आगामी वर्ष बंगलादेशमा हुने विश्वकप टी–२० क्रिकेटमा छनोट हुने सम्भावनालाई जीवितै राखेको छ ।
समूहमा ६ खेलबाट १० अंक जोडेको अफगानिस्तान शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो तथा ६ अंकको केन्या तेस्रो स्थानमा छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल चौंथो स्थानमा छ ।
पाँचौ स्थानको स्कटल्याण्डको पनि ६ अंक रहेको छ । स्कटल्याण्डले भोलि डेनमार्कको सामना गर्नेछ ।

No comments:
Post a Comment