Tuesday, November 19, 2013

ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा नेपालको तेश्रो जित l

युएइमा आज भएको  विश्वकप ट्वान्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना मजबुत बनाएको हो ।
यो जितपछि ६ अंकका साथ नेपाल अंकतालिकाको दोस्रो स्थानमा कायम छ । समान ६ अंक जोडेको नेदरल्याण्ड्स नेटरनरेटमा अघि रहँदै अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

चौंथो खेलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १ सय ४१ रनको मध्यम लक्ष्य नेपालले १० बल अगावै ३ विकेटको क्षतिमा पूरा ग¥यो । विनोद भण्डारीले अविजित ५१ रनको योगदान गरे ।

२३ बलको सामना गरेका विनोदले ६ छक्का र १ चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले २८ र कप्तान पारस खड्काले अविजित २६ रन जोडे ।

यसअघि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएपछि पपुवा न्युगिनीले ६ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो

Group A
TeamsMatWonLostTiedN/RPtsNet RRForAgainst
Hong Kong431006+0.820524/76.5472/78.4
United Arab Emirates431006+0.686485/72.0484/80.0
Ireland330006+0.650472/60.0433/60.0
Namibia422004-0.047539/80.0536/79.0
Italy413002-0.098542/79.2544/78.3
Canada413002-0.165555/80.0567/79.5
United States of America312002-0.684426/59.5463/59.2
Uganda413002-1.161437/79.5481/72.3
Group B
TeamsMatWonLostTiedN/RPtsNet RRForAgainst
Netherlands431006+1.502488/59.3536/80.0
Nepal431006+0.850544/71.1539/79.2
Kenya422004+2.094626/69.1538/77.2
Papua New Guinea422004+0.826578/64.4530/65.2
Bermuda321004+0.279405/56.2387/56.0
Afghanistan321004-0.798333/47.0314/39.5
Scotland413002-1.521514/79.2640/80.0
Denmark404000-3.057383/80.0387/49.2


No comments:

Post a Comment