-बुद्धि मोक्तान- |
टल्की पग्ल्यो कन्चन्जंघा बग्यो तमोर गंङ्गा
कस्को छाती फुल्दैन याँ, नेपाली हुँ भन्दा
हिउँ खोस्री खोज्नु पर्छ यती हिंड्ने बाटो
नाङ्गै आङ हौला तर धर्ती यै छ तातो
शीर माथि कन्चन्जंघा, संगै कुम्भकर्ण
रगत बुझे केही हुन्न, फरक भई वर्ण
अम्लिसो र अलैचीले पाखा भित्ता ढाक्यो
गोड्मेल गर्न पौरखीका हात यिनले डाक्यो
जाति धर्म एउटै भन्छ मानब रगतले
त्यही रगत बुझे चिन्छ सारा जगतले
टल्की पग्ल्यो कन्चन्जंघा बग्यो तमोर गंङ्गा
कस्को छाती फुल्दैन याँ, नेपाली हुँ भन्दा
बुद्धि मोक्तान
काठमाण्डौ
२०७०/८/३
No comments:
Post a Comment