आजभोलि के गदैं हुनुहुन्छ ?
दोस्रो एल्बमको अन्तिम चरणमा छु । ६ वटा गीत समेटेर एल्बम निकाल्ने तयारी गर्दैछु ।
तपाईका दर्शक, श्रोताले कहिलेसम्म नयां एल्बमका गीत सुन्न पाउछन ?
दशैं तिहार लगतै एल्बम रिलिज गर्ने सोंचका साथ काम गरीरहेको छु । निक्कै मेहनत साथ यो एल्बम तयार गर्दैछु, यो मेरो महत्वकांक्षी एल्बमको रुपमा लिएको छु ।
के छ त्यस्तो जो अघिल्लो एल्बममा थिएन ?
पहिलो कुरा त मैले आफनो कमीकमजोरीलाई हटाइ मेहनतका साथ काम गरीरहेको छु । फरक शैलीका गीतसंगितलाई समेटेको छु । सुफीगजल,आधुनिक,पप गीत श्रोताले यस एल्बममा सुन्नसक्नुहुनेछ ।
कतिवटा गीत रहनेछन यो एल्बममा, क कसका शब्द ,संगीत ?
छ वटा गीतमा संगितमा शिव मुखिया,धनु गंगमी, शब्दमा देवराज सुनुवार,मोहन खडका बांकी अरु सबैंमा आफनै शब्द,संगित रहेका छन ।
एल्बमको नाम के राख्नुभएको छ ?
अहिलेसम्म सोचेको छुइन ।
अहिले म्यूजिक भिडियोको जमाना छ तपाईको एल्बम रिलिजसंगैं भिडियो पनि आउछ कि ?
मैंले तिमी।। बाट पनि तिमीले छाडी गएपनि को म्यूजिक भिडियो बनाएको थिए । दर्शक,श्रोताले त्यसको म्यूजिक भिडियो यू टूबमा हेर्न सक्नुहुनेछ भने नयां एल्बमबाट मर्ने थिए तिम्रैं निम्ति बोलको गीतको म्यूजिक भिडियो आउनेछ ।
तपाई गीत किन गाउनुहुन्छ ?
म आत्मसन्तुष्टिको लागि गीत गाउंछु, श्रोताको साथ पाएभने व्यावसायिकरुपमा भष्वियमा संगितमा लाग्ने योजना बनाएको छु ।
अन्तमा श्रोता, दर्शकलाई के भन्नुहुन्छ ?
मेरो गीतसंगीतलाई माया गर्नुहुने सम्पूर्ण श्रोता,दर्शकलाई धन्यवाद, साथैं बजारमा चांडैं आउन लागेको एल्बमलाई अझ मायाममता दिनुहुनेछ ।


No comments:
Post a Comment