Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 30, 2013

नाम चलेकै पत्रकारहरु बेरोजगार l

 पंकज चौधरी l
कान्तिपुर दैनिकमा स्थापनाकालदेखि नै शक्रिय पत्रकार नारायण वाग्ले अचेल पत्रकारिताको मुलधारबाट करीब–करीब अलग छन् । कहिलेकाँही ‘पिपलबोट डटकम’मा झुल्किन्छन्, केहि लेख्छन् । तर, उनको शक्रियता पातलिएको छ । कान्तिपुरमा हुँदा यिनले मेची सीमा अतिक्रमणदेखि कालापानी अतिक्रमणसम्मका सनसनीखेज रिपोर्टीङ गरेका थिए । त्यसबाट उनले स्यावासी पनि पाएका थिए । चलचित्र, कला, राजनीति, परराष्ट्र, सुरक्षालगायत जुनसुकै विषयमा कलम चलाउन सक्ने यी जुझारु पत्रकार अचेल मुलधारको पत्रकारिताबाट एकाएक हराएका छन् ।

कान्तिपुरमा विनोद ज्ञवाली र कैलाश सिरोहीयावीचको विभाजनपछि बिनोद ज्ञवालीले प्रकाशन गरेको ‘नागरिक दैनिक’मा सम्पादक भएका वाग्ले केही समयपछि त्यहाँबाट पनि अलग भए । नागरिक दैनिकमा किशोर नेपाल सम्पादक भएपछि वाग्लेको एउटा समुह नै त्यहाँबाट अलग भयो । त्यसको कारण थियो, वैचारिक अडान ।
यसैगरी अर्का बेरोजगार पत्रकार हुन् युवराज घिमिरे । कान्तिपुर दैनिक छाडे यता कुशल विश्लेषकको छबि बनाएका युवराज पनि मुलधारको पत्रकारिताबाट ओझेलमै छन् । कहिले ‘न्युज फ्रन्ट’, ‘रिपोर्टर’ नामक पत्रिका त कहिले राजधानी दैनिक चहारे पनि उनले कर्पोरेट हाउसमा जागिर पाएनन, यसमा उनकै आफनै अडान पनि कारण होलान् । बिगतमा ज्ञानेन्द्रको शाषनमा ज्ञानेन्द्र गुटकै विरुध्द तात्कालीन विद्रोही माओवादी नेता डा. बाबुराम भट्टराईको लेख कान्तिपुरमा प्रकाशित गर्न र जेल जानसमेत पछि नपर्ने युवराज अचेल संघीयता र गणतन्त्रकै खिलाफमा किन कलम चलाइरहेका छन ? त्यो भने रहष्यकै गर्फमा छ ।
युवराज अहिले नागरिक दैनिकबाट बाहिरिएका पत्रकारहरुको समुहलाई संगठीत गरेर अनलाइन चलाइरहेका छन् । हुन त अहिले अनलाईन माध्यमको पनि क्रेज बढदै गएको छ, तर कान्तिपुर र नागरिकजस्ता ठुला ब्रोडसिट दैनिकमा रमाएका पत्रकार डिजिटल चमक धमकमा कहिलेसम्म रमाउन सक्छन् ? त्यसैले उनीहरु अनलाइनको बल्छी थापेर कुनै ठुलै ब्रोडसिट दैनिक रुपी माछा फँसाउने ताकमा रहेको चर्चा पनि जोडतोडकै साथ चलिरहेको छ । तर, केही समय यता ब्रोडसिट दैनिकमा लगानी गर्न नयाँ लगानीकर्ता त्यति आकर्षित भइरहेको देखिदैन । हिमाल मिडयाले दैनिक पत्रिका निकाल्ने हल्ला चलायो, तर उसले पनि आफनो गोजीबाट पैसा खर्च गरेर दैनिक निकाल्ने ‘साहस’ र ‘त्याग’ गर्न सकेन । सवै मुर्गाकै खोजीमा छन् ।
कान्तिपुर छाडेका पत्रकार केदार ओझाले पनि कतै जागिर पाएनन । अपराध बिट हेर्ने यी चर्चित पत्रकार अहिले ‘सिंहदरबार डटकम’ चलाइरहेका छन् । अर्का जुझारु पत्रकार शिव गाउँले ‘हिमाल’ छाडेदेखी नै बेरोजगार थिए । शिवले त्यसवीचमा कान्तिपुर दैनिकमा जागिर खाने कोशीश नगरेका होइनन, तर कान्तिपुरका हरिबहादुर थापाले हरियो झन्डा देखाएनन । कान्तिपुरमा हरिबहादुर नै हर्ताकर्ता भएकाले शिवको जोर चलेन । त्यसैवीचमा उनलाई नेपाल पत्रकार महासंघको अध्यक्ष पद चिटठा प¥यो । उनी अचेल पत्रकारिता भन्दा पनि पत्रकारको हकहितका लागि जुटेका छन् ।
‘देशान्तर साप्ताहिक’ हुँदै ‘हिमाल खबरपत्रिका’मा कार्यरत पत्रकार राजेन्द्र दाहाल अचेल राष्ट्रपती रामवरण यादवको सल्लाहकार छन् । उनलाई बेरोजगार नै त भन्न मिल्दैन, किनकी राष्ट्रपतीको सल्लाहकार हुनु ठुलै जागिर हो । तर मुलधारको पत्रकारिताबाट भने उनी पुरै अलग भएका छन् । सायद राष्ट्रपती कार्यालयको मर्यादाले हुनसक्छ, उनले चाहेको कुरा लेख्न सक्दैनन । एउटा शक्रिय, विचारवान र तिक्ष्ण बुध्दीका राजेन्द्रजस्ता पत्रकार केही नलेखिकन बस्नु उनको लागि एउटा तपस्या नै हो ।
नागरिकबाट अलग भएपछि पत्रकार किशोर नेपाल पनि अहिले बेरोजगार नै छन् । हुन त किशोर नेपाल यस्ता पत्रकार हुन, जसलाई रोजगार हुन कुनै पत्रिकामै जागिर खानु पर्दैन । उनी आफैमा एउटा संस्थाजस्तै भइसकेका छन् । तैपनि उनी कुनै कर्पोरेट हाउसमा आवध्द छैनन । उनका एक चेला भन्छन, ‘किशोर दाई अचेल एक छिन काठमाडौं बस्नुहुन्न । कालकुट विष कन्ठमा हुलेपछि छटपटीएका महादेव झैं किशोर दाई पनि जिल्ला जिल्ला घुमिरहनुभएको छ ।’
‘कान्तिपुर दैनिक’बाट ‘नागरिक’ र त्यहाँबाट पनि ‘कारोबार’मा पुगेका आर्थिक पत्रकार विजय घिमिरे कारोबारका मालिकहरुसँगको खटपट बढदै गएपछि अचेल अमेरिका पलायन भएका छन् । कारोबार दैनिकका प्रकाशकसँग खटपट बढेपछि उनी कान्तिपुर फर्कन चाहन्थे, तर केही वर्षअघि नागरिक छाडेर कान्तिपुर आउने बचन दिएर पनि धोका दिएकाले उनलाई पछि कान्तिपुरले लिएन ।
अन्नपूर्ण पोष्टलाई पाठकमाझ चर्चित बनाउन पत्रकार जिवेन्द्र सिम्खडाको उल्लेख्य भूमिका रह्यो । अन्नपुर्ण पोष्टको दैनिक परिशिष्टांकदेखी यसको सम्पूर्ण कलेवर परिवर्तन गरेर जिवेन्द्रले यो पत्रिकालाई माथि उठाए । करीव ६ वर्ष अन्नपूर्ण पोष्टको कुशल सम्पादन गरेका जिवेन्द्र पनि अहिले कुनै पत्रिकामा छैनन् । भारतीय कम्पनी न्यूज मिडियाले अन्नपूर्ण पोष्ट दैनिक रामेश्वर थापाको ‘थ्रिएनआइ’लाई बेचेपछि जिवेन्द्रलगायतका केही पत्रकार त्यहाँबाट अलग हुनुप¥यो । अन्नपूर्ण छाडेका अन्य पत्रकार मधुशुदन पौडेल, सरोज काफले र राजकुमार रेग्मी पनि अहिले बेरोजगार नै छन् । राजकुमार रेग्मी भने राजकुमार लेखीको नेपाल नागरिक मंचमा केन्द्रीय सदस्य छन् । ‘द हिमालयन टाइम्स्’ छाडेका ख्यातिप्राप्त आर्थिक पत्रकार कुवेर चालिसे पनि बेरोजगार छन् ।
गोरखापत्रदेखि हिमालसम्म काम गरेका पुराना पत्रकार शरदचन्द्र वस्ती कुशल कपी एडिटर हुन् । भाषा सम्पादनमा उनको जोडा अरु कोही छैन । तर अहिले यस्ता कुशल पत्रकार पनि कुनै मुलधारको पत्रिकामा छैनन । जिविका चलाउन भने उनी अरुका पुस्तकको भाषा सम्पादन गरिदिन्छन् । यो पनि एउटा राम्रै व्यवसाय भएको छ । कुनैबेलाका शक्रिय पत्रकार सुरेश आचार्य अचेल फाट्टफुट्ट लेख लेख्छन्, तर शक्रिय पत्रकारितामा छैनन् । एमाले वृत्तका जुझारु पत्रकार कुन्दन अर्यालको धोको थियो, ‘ब्रोडसीट दैनिक’को सम्पादक बन्ने । त्यो सपना पुरा नभएपछि उनी लागेका छन, एनजीओतीर ।
फोटो पत्रकार विकास रौनीयार पनि २५ वर्ष लामो पत्रकारीता जिवनपछि अहिले वेरोजगार नै छन् । यही बेरोजगारीको अवसर सदुपयोग गर्दै उनी ‘मेघा’ नामक चलचित्र निर्माणमा लागेका छन् । त्यसैगरी फोटो पत्रकार शैलेन्द्र खरेल पनि बेरोजगार नै छन् । अर्का नाम चलेका पत्रकार शेखर खरेल काठमाडौं पोस्ट छाडेपछि कतै छैनन । उनी पनि मुलधारबाट अलग छन. र डकुमेन्ट्री बनाउनतीर लागेका छन् । ‘नेपाल’ साप्ताहीक छाडे यता पत्रकार खेम भण्डारी पनि कुनै पत्रिकामा गएनन । बेरोजगार नै रहे । हालै पारीश्रमिक निर्धारण समितिमा सरकारी नियुक्ती पाएकाले उनलाई केही राहत मिलको छ ।
‘क्रान्तिकारी’को झन बिजोग
‘जनदिशा दैनिक’ बन्द भएपछि नेकपा–माओवादीतीर लागेका केही पत्रकार पनि बेरोजगार भएका छन् । पत्रकार महेश्वर दाहाल, कुमार शाह, दिपेन्द्र रोकाया र प्रभात चलाउने अहिले कुनै पत्रिकामा छैनन् ।
त्यसैगरी जनदिशा बन्द भएपछि बेरोजगार भएका पत्रकार गोबिन्द आचार्य अचेल एउटा साप्ताहिक पत्रिकातर्फ लागेका छन् भने क्रान्तिकारी पत्रकारमा आवद्ध तत्कालिन जनादेश साप्ताहिकका कार्यकारी सम्पादक खिलाबहादुर भण्डारी लामो समयदेखि बेराजगार भएपछि अहिले ‘समावेशी मासिक’ चलाएर बसेका छन् ।

‘सौर्य’ संकट
एमाले निकटको पत्रिका ‘सौर्य दैनिक’ बन्दभएपछिसम्पादक बोधराज त्रिपाठी, दिपक सापकोटा, खगेन्द्र पन्तलगायत दर्जनौं पत्रकार बेरोजगार छन् । रोजगारीमा रहेका पत्रकारले पनि तलब पाइरहेका छैनन भन्ने ज्वलन्त उदाहरण हो, सौर्य दैनिक ।
प्राप्त खबर अनुसार सौर्य दैनिकका सम्पादक बोधराज त्रिपाठीले बागबजारको एउटा घर भाडामा लिए । उनले घरधनीलाई ४० लाख भन्दा बढी रुपैयाँ खर्च गर्न लगाएर घरको पेन्टीङ गर्न लगाए । तर घर धनीको हातमा २ लाख रुपैयाँ भन्दा बढी रकम पर्दै परेन । पत्रकारले पनि कालान्तरमा तलब पाउन छाडे । त्यसपछि घर धनी र पत्रकारहरुको समुहले बोधराजविरुद्ध हनुमान ढोका प्रहरी प्रभागमा उजुरी हाल्यो । हनुमानढोकाबाट प्रहरी भ्यान बोधराजलाई पक्राउ गर्न हिंडीसकेको चाल पाएपछि बोधराजले एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरेर पक्राउ रोकीदिन अनुनय विनय गरे । झलनाथ खनालले आइजीपी कुवेर रानालाई फोन गरेर पैसा तिर्ने शर्तमा पक्राउ रोकाए । तर, अहिलेसम्म बोधराजले घरधनी र पत्रकारलाई पैसा दिन नसकेकाले भूमिगत शैलीमा हिंडीरहेका छन् ।
सम्पादक, पत्रकार र घरधनीको यस्तो बेदना र पीर मर्का भने लुकीरहेको छ । अरुका पीरमर्का लेख्ने पत्रकार आफनै समस्या र बेदना भने किन लेखीरहेका छैनन ? यो अर्को प्रश्न हो । अरुको बेरोजगारीको खबर लेख्ने पत्रकार किन आफनै बेरोजगारीको खबर लेख्दैनन ? पत्रकारीताको बेदना पोख्दै एक पत्रकारले भनेका थिए, ‘हेर्नुस न, अघि भर्खर अर्थमन्त्रीसँग शानले कुरा गरियो । तर अहिले घर फर्कन गोजीमा भाडा छैन ।’
टिभीमा तलबकै समस्या
नेपालका टेलिभिजनमा काम गर्ने पत्रकारलाई कुनै लिन ‘टिबी’ रोग लागेमा आश्चर्य नमाने हुन्छ । हिमालयन, सगरमाथा, एभीन्युज, एबीसी, न्युज २४, नेपालव वान, तराइलगातका टिभीमा पत्रकारहरुलाई तलब खान नै धौ धौ छ । एभीन्युज टिभीमा त तलब माग्ने पत्रकारलाई भास्कर राज कर्णीकारले धम्की नै दिने गरेका छन् । ‘तलब माग्नेले छाडेर गए हुन्छ’ भनेर धम्की दिने तिनै भास्करराज उद्योगपतीका रुपमा विभिन्न मंचहरुमा बेरोजगार समस्या र रोजगारी सबलताको भाषण गर्दै हिंडन पनि पछी पर्दैनन । न्युज २४ फोरमा तलब माग्ने पत्रकारलाई जागीरबाटै निकाल्ने गरिएको छ । पत्रकारमाथि यती अन्याय हुँदा पनि पत्रकारको हितका नाममा खुलेका एनजीओ आइएनजीओ भने मौन छन् । नगरकोटमा पत्रकारको हकहितका नाममा डलर खर्च गरेर गोष्ठी गर्ने संघ सस्था किन पत्रकारको हक हितमा बोल्दैनन ? यो अर्को बिडम्बनापुर्ण प्रश्न हो ।
 साभार :  रातो  पाटी डट कम 

No comments:

Post a Comment