Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 9, 2013

केदारनाथ भक्तपुरमै, अब भारत जानु पर्दैन l

मकर श्रेष्ठ ,सिपाडोल,भक्तपुर l
बाढी पहिरोबाट रोकिएको भारतको केदारनाथको दैनिक नित्यपूजा शनिबारदेखि भक्तपूरको डोलेश्वरमा सूरु भएको छ । केदारनाथको शिर भाग मानिने सिपाडोल ६ स्थित डोलेश्वर मन्दिरमा पूजा हूने भएपछि भक्तजनको घूइचो लागेको छ । दर्शन गर्न भारतदेखि भक्तजन आउन थालेका छन् ।
असार २ मा भारत उत्तराञ्चल स्थित केदारनाथ र वरीपरीको क्षेत्रमा बाढीले पूजा रोकिएपछि केदारनाथीको पिठाधीश्वर जगतगूरु श्री भिमाशंकर लिङ्ग शिवाचार्यको आदेश अनूसार डोलेश्वरमा विधिवत रुपमा पूजा सूरु गरेको डोलेश्वर महादेव संरक्षण समितिका कार्यबाहक अध्यक्ष किरण थापाले बताए ।
शिवाचार्यको आदेश अनूसार समितिले आचार्य पण्डित कृष्णप्रसाद खनालको नेतृत्वमा ३३ जना ब्राम्हण लगाएर शनिबार नित्य पूजा गरेको हो । ढोलेश्वरलाई यसअघिसम्म केदारनाथको शिरभाग मानिएपनि नृत्य पूजा हून थालेपछि 'केदारनाथ धाम' को रुपमा भक्तजनले दर्शन गरेका छन् । केदारनाथमा गरिने पद्धति अनूसार नै ढोलेश्वरमा दैनिक पूजा हूने मन्दिरका संरक्षक भरतमणि जङ्गमले बताए । 'पहिला शिरभागको रुपमा पूजा गरिन्थ्यो,'उनले भने,'अब केदारनाथको सम्पुर्ण अंगको रुपमा पूजा हून्छ । भारतमा जून तरिकारले गरिन्थ्यो, यहा पनि त्यसैगरी हून्छ ।' उनका अनूसार दैनिक भगवानलाई भोग लगाउने, रुद्राबिशेक गराउने, पञ्चामृतले स्नान गराउने, दैनिक तीन पटक आरती पनि हूने उनले बताए । यसअघि बिहान र बेलूका मात्रै आरती हून्थ्यो । त्यस्तै पूजा गर्ने अवधि पनि लम्बिने भएको छ । तीन जना पूजारीबाट पूजा हूने गरेमा अब एक जना थपिने जंङ्गमले जानकारी दिए ।
नेपाल र भारतमा बाढी पहिरोमा परेर मृत्यू भएका मृतआत्माको चिरशान्तिको कामना गर्दै समितिले शनिबार लक्षदीप, प्रज्वलन, रुद्राभिषेक, यज्ञ, हवन र महामृत्यून्जय जप समेत गरेको छ । शनिबारको बिशेष पूजाको अवलोकन र मन्दिर दर्शन गर्न २० हजार भन्दा बढी भक्तजन आएको थापाले बताए । 'दर्शन गर्न भारतीय भक्तजन पनि आउन थालेका छन,'उनले भने ।
शिवाचार्यले ०६६ भदौ ६ मा भक्तपूरको सिपाडोल ६ मा रहेको डोलेश्वर महादेव भारतको उत्तराञ्चलको शिरभाग भएको पूष्टि गरेका थिए । त्यसदिनदेखि हिन्दूधर्मालम्बीहरुले शिरभागको रुपमा पूजा गर्दै आइरहेका छन् । भारतको बद्रनाथ, केदारनाथ, यमूनोत्री र गंगोत्रीको दर्शन पश्चात डोलेश्वर महादेवको दर्शन सकाएपछि मात्रै चार धामको यात्रा पूरा  हूने विश्वास लिएर भक्तजन आउने गरेका छन् । शिवपूरानमा पनि केदारनाथ पाशूपत क्षेत्रमा रहेको उल्लेख छ । शिवपूरानमा भनिएको छ,'म केदारनाथको धाम जून रुपमा रहन्छू नेपालको पाशूपत्य क्षेत्रमा पनि त्यही रुपमा रहने छू ।' उत्तराअञ्चलको केदारनाथको सिला र ढोलेश्वरको सिलाको आकार उस्तै रहेको भक्तजनहरु बताउछन ।
१७ रोपनी ११ आनामा रहेको डोलेश्वर महादेव मन्दिरको गूरु योजना अनूसार विभिन्न ३७ वटा कामका लागि ७ करोड ६७ लाख लाग्ने समितिले जनाएको छ । दर्शनार्थीका लागि धर्मशाला, व्यवस्थापनका लागि कार्यालय र अतिथिगृहको तत्काल बनाउनू पर्ने भएको छ । शनिबारको बिशेष पूजामा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटाले डोलेश्वर महादेवको वरिपरिको क्षेत्रलाई समेटी विस्तृत कार्ययोजना तयार गरी लागु गर्नूपर्ने वताए । मन्दिर क्षेत्रमा सडक, खानेपानी, वनजंगल संरक्षण, खूल्ला चिडियाखानाको अवधारणा, नदी र पहिरो नियन्त्रण, पूरातात्विक वस्तूको संरक्षण, जिर्णोद्धारका कामहरु प्राथमिकताका साथ हूने उनले बताए ।   स्रोत : कान्तिपुर 

No comments:

Post a Comment