![]() |
| ऐश्वर्य श्रेष्ठ - |
दिन रात शरीरका अंगहरु दुखीरहयो ।
आंखाबाट पिडाको आंशुहरु खसीरहयो ।
म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।
म रोएर हांसेको पल सुखैं छ अरे भनिदिनु ।
आंशुहरु खस्छन यहां तर कसैंले नी देख्दैन ।
बांचे त ठीकै होला ,मरे कसैले नी भेटदैन ।
फुटेको कर्ममा जे छ त्यस्तैं छ भनिदिनु ।
म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।
चोटैचोटको रापमा जलेर ब्यर्थे बांचीरहेछु ।
हांस्न त कहां पाउनु आंशुमै डुबी मुस्कुराइरहेछु ।
आजसम्म त जसोतसो बांचेकै छु भनिदिनु ।
म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l

No comments:
Post a Comment