Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, June 3, 2013

कोरियामा रहेका नेपालीहरुलाई निशुल्क सेवा र परामर्श l

मीन प्रकाश उप्रेती- सउल ,कोरिया l
कोरियामा रहेका नेपालीहरूले अब नेपाली स्वास्थकर्मीबाट निःशुल्क सेवा र परामर्श पाउने भएका छन् । डाक्टर बिरेन्द्र तिवारीले कोरियामा रहेका नेपालीहरुका लागि यसकिसिमको सेवाको थालनी गर्नुभएको हो । डा. तिवारी कोरियाको मेडिकल कलेजबाट पिएचडि गरी हाल क्एउङ ही युनिभरसिटि स्कुल अफ डेन्टीस्ट्रिमा अनुसन्धानरत हुनुहुन्छ ।

डा. तिवारीसँग श्वास् कर्मीको रूपमा नेपालका विभिन्न अस्पातलहरुका सेवा र अध्यापनको अनुभव छ । डा. तिवारी चीनस्थित थ्रि गरजेज मेडिकल साईन्स कलेजमा पनि केही महिनाको अध्यापन गरी सक्नु भएको छ । लेखनाथ नगरपालिका बेगनास घर भएका ४९ वर्षीय डा. तिवारी नेपालमा माईक्रो बाईलोजि विषयको अनुसन्धान समन्धि राम्रो र भर पर्दो व्यवस्था नभएका कारण कोरियाको अनुभवलाई नेपालमा लगाउने सोचमा हुनुहुन्छ ।

आफ्नो चार वर्षको अध्यायनमा कोरियामा रहेका नेपालीहरूलाई श्वास्थ्य र मानसिक तनाव सबन्धी परामर्शको आवश्यकता रहेको बताउदै डा. तिवारीले अगाडि भन्नुभयो, 'कोरियामा यति धेरै आत्माहत्या र मानसिक तनावमा रहने एउटा कारण काउन्शिलिङकै अभाव पनि रहेको हुँदा आफूले बचेको समय त्यसका लागि खर्चने सोच बनाएको हुँ ।' 'अब म मेरो अफिस समयदेखि बचेको सम्पूर्ण समय कोरियामा रहेका नेपालीहरुका लागि निःशुल्क रूपमा खर्चने छु' डा. तिवारीको भनाई थियो ।

कोरियमा उपचार सबन्धि राम्रो व्यवस्था भएपनि भाषाकै कारणले नेपालीहरूले स्पष्ट कुरा राख्न र बुज्न नसक्नाले पीडामा परेको उहाँको भनाइ छ । तिवारीको यस अभियानलाई कोरिय स्थित पत्रकारहरुको सञ्जाल “कोरिया सन्देश क्लब”ले सम्योजन गर्ने भएको छ । कोरियाका विभिन्न स्थानहरुमा गई स्वासथिय समन्धि निःशुल्क सेवा र परामर्ष गराउने गुम्ति सेवाको व्यवस्था गराउने जिम्मा भने कोरिया सनदेश क्लबले लिएको छ ।

उक्त सेवाहरू घुम्ति परामर्शका अतिरिक्त फोन, इमेल र विभिन्न इन्टरनेट माध्यामबाट पनि पाउन सकिने कोरिया सन्देश क्लबका सचिव दिनेश बिश्वकर्मले जनाउनु भएको छ ।

No comments:

Post a Comment