लिलु डुम्रे ,सउल, दक्षिण कोरिया l
गह्रौ ति फलामहरु बल्लतल्ल उठाउंदा
पाखुरा र ढाड सबै दुख्ने गर्छ कोरियामा
केलाई निद्रा लाग्थियो हजुर जहितही दुखेपछि
रातभरि छटपटीएर बिहान पर्छ कोरियामा
कोरियामा कामको बोझ र पिडा जस्ताको त्यस्तै नवलपरासीका शिशिर पाण्डेयले माथिको गजल मार्फत व्यक्त गरेपछि ताली त पाए नै कार्यक्रममा उपस्थितहरुले रातदिनको दु:ख सम्झे |
नेपाली साहित्य समाज दक्षिण कोरियाद्वारा आइतबार प्रगति राईको संयोजकत्वमा सुवन स्थित स्वयभु रेस्टुरेन्टमा आयोजित गजल बाचन कार्यक्रममा गजल लेखाईको नियम बारेमा अलि बढी जानकार लमजुंगका विरेन्द्र गुरुङले असारको चटारो संगै बाबुलाई यसरी सम्झे –
गैरी खेतमा गोरु नार्ने मेरै बा हुन् हेर ,
डल्ला फर्काई बाझो मार्ने मेरै बा हुन् हेर |
पोखरेली साहित्य भुमि मा हुर्केका अर्का गजलकार अनिल शर्मा सुबेदी ले पनि वाह वाह बटुले | उनको चिन्ता चाही यस्तो रहेछ –
दुनिया को अगाडी ढाटेर बिग्रिए
एउटा मुटु धेरै संग साटेर बिग्रिए
प्रवाशमा रहेर कविता संग्रह पनि प्रकशित गरिसकेका खोटांगका प्रविण राई गजल मार्फत यसरी झुल्किए –
तिम्रो मेरो भन्नु त्यही एउटा माया छ |
दुरी टाढा भए पनि बिश्वाश को माया छ |
उपस्थितहरुले साहित्यक कार्यक्रमहरु कम हुदै गएको प्रति चिन्ता गरे | १ बर्ष अगाडी गठन भएको सस्था ले आगामी दिनमा अझै शशक्त हुने अभिलाषा राखेको छ |
गजलका पाठक र श्रोताहरु बढ्दै गएको हालका दिनहरुमा प्रवाशमा समेत यो विधामा लाग्नेहरु धेरै देखिए | कार्यक्रममा बाचन मार्फत देशको चिन्ता बाग्लुंगका निश्चल काउछाले ब्यक्त गरे | प्रगति राईको संयोजनमा गरिएको उक्त कार्यक्रमको बिट मार्दै स्यांग्जाका जीवन पौडेल गजलमा यसरी झुल्किए -
यी सन्तान हरु किन रिसाउछन् आमाको अगाडी ?
काम गर्दैनन् फ्रुति लाऊछन् आमाको अगाडी।
कार्यक्रममा करिव तीनदर्जन गजल वाचन भयो ।
जसमध्य १२ वटा अतिथी गजल थिए । कोरियामा रहेका गजलकारहरू- राई कोपिला, कल्पना राई, प्रविण राई, निश्चल काउचा, शिषिर पान्डेय, अनिल शर्मासुवेदी, जीवन पौडेल, लोक बहादुर घले र बिरेन्द्र गुरुङले गजल वाचन गरेका थिए । इमेलबाट वाचनका लागि प्राप्त अतिथि गजलहरूमा -नेपाल बाट- रावत, बुद्दि मोक्तान, बाबु त्रीपाठी। रुसबाट मिलन खतिवडा, यु,ए,ई,बाट किरण मेयोङ्बा, इजरायलबाट शेर्पेनी कान्छी, दुबइबाट शुनिल क्षेत्रीको गजल कार्यक्रममा सहभागीहरूले वाचन गरेका थिए ।
आगामी कार्यक्रम चुसकमा गर्ने निर्णय भएको छ । संस्थाका सदस्य प्रविण राई संयोज र सह-संयोजकमा अनिल शर्मा सुवेदी रहने प्रस्ताव पनि सो भेलाले पारित गर्यो । प्रगति राईको संयोजकत्वमा भएको कार्यक्रम सुवनको स्वयम्भू रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment