Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 16, 2013

नेपाल कोरिया सम्बन्ध कसिन्दै l

देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया l

नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध आजदेखि ३९ बर्षमा प्रवेश गरेको छ । सन १९७४ मे १५ क दिन कोरियाले काठमाण्डौमा आवासीय दूताबास स्थापान गरेपछि दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसअघि उस्ले १९६९ मई १५ मा कन्सुलर कार्यलय स्थापना गरेको थियो । नेपालले २००१ मा महाबणिज्य  दूताबास स्थापना गरि ली इन जङ लाई अवैतनिक महाबाणिज्य दूतमा नियुक्त गरेको थियो र २००७ मा सोलमा दुताबास स्थापना गरेको थियो ।

कुटनीतिक समबन्ध ३९ बर्षे भए पनि दुई देशबिच धार्मिक र सास्कृतिक सम्बन्ध प्राचीन र ऐतिहासिक रहेको छ । कोरियाली प्रायदीपमा सन् ३७२ मा बौद्ध धर्म प्रवेश भएकाले लुम्बिनीसंग त्यसै वेलादेखि भावनात्मक र धामिर्क सम्वन्ध सुरु भएको थियो । सिल्क रोडको बाटो हुदैं सन् ७१९ मा गुरु हेछो लुम्बिनी पुगेका थिए । यसपछि भगवान गौतम बुद्ध र लुम्बिनीप्रति आस्था बढेको बुद्धसम्बन्धी पुराना ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । गुरु हेछो लुम्बिनी पुग्ने पहिलो कोरियाली नागरिक हुन् । लुम्बिनीको भ्रमणबाट फर्केर उनले ‘वाङ ओछक छुक्कुक छन’(पाच तीर्थ यात्राको स्मरण) शीर्षकमा डायरी लेखेका थिए । जहाँ लुम्बिनी,कपिल्वस्तुको बर्णन गरेका छन् । हालै मात्र सम्पन्न शान्तिदीप यात्रा पनि दुई मुलुकको सम्बन्ध बिस्तारमा कोशेढुंङ्गा साबित भएको छ । लुम्विनी विकास गुरु योजनामा कोरियाको सहयोग उल्लेखनीय छ ।  
दुई देशबिच धार्मिक र सांस्कृति सम्बन्ध प्रचीन हुदाहुदै पनि राज्यस्तरको सम्बन्ध भने सोचे जस्तो बिकसित भइसकेको छैन । नेपालमा लामो समय राजतन्त्र रहेकाले त्यो अवधिभर कोरियासंग खासै सम्बन्ध बिस्तृत हुन सकेन । प्रजातन्त्र हुदै गणतन्त्र स्थापना पछि भने दुई देशबिच राज्यदेखि नागरिकस्तरसम्म धेरै सम्बन्ध बिस्तार भइसकेको छ । हालसम्म दुई पक्षबाट भएका प्रमुख भ्रमणहरु निम्न रहेको छ ।

नेपालको तर्फबाट  :–
१.ज्ञानेन्द्रबहादुर कार्की –परराष्ट्र मन्त्री सन् १९८३ 
२.लोकेन्द्रबहादुर चन्द –प्रम–२००४ 
३.रघु जी पन्त –श्रम मन्त्री –२००४
४.कृष्ण थकाली – सामान्य प्रशासन मन्त्री  – २००५ 
५.गोपाल मान श्रेष्ठले– आवास तथा भौतिक योजना मन्त्री – २००६  
६.उपेन्द्र यादव – परराष्ट्रमन्त्री २००८ 
७ .बर्षमान पुन –अर्थ मन्त्री २०११ 
८ .हृदयेश त्रिपाठी – आवास तथा भौतिक योजना मन्त्री –०१२

कोरियाको तर्फबाट
१.यु चोइ–राष्ट्रपतिका विशेष दूत –१९७३ 
२.जि चो चे राष्ट्रपतिका दूत – १९७४  
३..ली योङ वन –परराष्ट्र मन्त्री –१९८५
४ सो गिल पार्क– परराष्ट्र सहायक मन्त्री – १९८६ 
५.छो योङ जाइ –पराष्ट्र मन्त्री –२००४ 
६.ली साङ सु – श्रम मन्त्री –२००७ 
७.यु म्यंङ ह्वान – परराष्ट्र मन्त्री –२००९  
  ८.छङ नाए साम भूमि यातायात तथा समुन्द्री मन्त्री –२०११

यो बाहेक दुवै देशको तर्फबाट विभिन्न मन्त्रालयका अधिकारीस्तरका प्रमण्डलहरुको भ्रमणहरु भएका छन् । कुटनीतिक सम्बन्धमा ‘हाई लेभल भिजिट’ महत्वपूर्ण इन्स्ट्रुमेन्ट (औजार)  भए पनि हालसम्म स्टेट भिजिट हुन् सकेको छैन । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले ओहदाको प्रमाण पत्र बुझाएका बेला तात्कालीन राष्ट्रपति ली म्यङ बाकसंग यसबारे प्रसङग उठाए पनि लीको कार्यअवधि सकिएकाले त्यो कार्यन्वयन हुन सकेन ।

दुइ देशबीच कुनै समय समान आय भए पनि अहिले दक्षिण कोरिया अर्थतन्त्रका हिसाबले  विश्वको १२ औं र एसियाको चौथो शक्ति राष्ट्र बनेको छ । ओईसीडी,जी २० लगायत दर्जनौ विश्व संगठनहरुको बफादार सदस्य बनेको छ । छोटो समयमै धेरै उन्नति गरेकाले कोरियाको आर्थिक उन्नतिलाई ‘हाना नदीको देन’ भन्ने गरिन्छ । नव निर्वाचित् राष्ट्रपति पार्क गुन हेले कोरियाली जनताको सुख समृद्धीका लागि ‘ मिराकल टु’ नामक कार्यक्रम घोषणा गरेकी छिन् । सानो राष्ट्र र थोरै जनसख्या भए पनि कोरिया एशिया टाइगर उपमा लिएर बिश्वका शक्तिशाली देशहरुको दाँजोमा उभिन सफल भएको छ । 
कोरियाको भौतिक बिकासको श्रेय पूर्व राष्ट्रपति पार्क जङ हिलाई जनताले दिने गरेका छन् ।  नेपालमा राजा महेन्द्रले पंचायती व्यबस्थाको शुरुआत गरेको १६ महिना पछि सैन्य हस्तक्षेप  गरेर पार्कले शासनसत्ता लिएका थिए । शासन सत्ता सम्हालेपछि उनले गाउ गाउ डुलेर चीर निन्द्रामा सुतिरहेका जनतालाई ब्यूझाउने काम गरे । औद्यौगिक क्रान्ति गर्नका साथै भौतिक पूर्बाधारको बिकासमा जोड दिए र छोटो समयमा नै समुन्नत बन्यो । ३० बर्षअघि बैदेशिक सहायता लिने कोरिया अहिले बिकासन्मोख देशहरुलाई सहायता दिने देशको रुपमा परिवर्तन भएको छ । दुर्भाग्यबश नेपालका शासकहरुले ठूलो नारासाथ खुद्रा विकासलाई जोड दिए र आजसम्म पछि परिरहेका छौं । पार्ककी छोरी १८ औं राष्ट्रपतिको रुपमा शासनको बागडोर गरिरहेकी छिन् भने नेपालमा राजतन्त्र  अन्त्य भइसकेको छ ।

दुइ राष्ट्रका केहि तथ्यांकहरु  :–

१. बेरोजगारी नेपालमा ४७ प्रतिशत छ भने कोरियामा ४ प्रतिशत 
२.प्रतिव्यक्ति आय नेपाली को १२ सय डलर छ भने कोरियनको २८ हजार डलर 
३.औसत आयु नेपालीको ६५.८१ बर्ष छ भने कोरियनको ७९ .३ वर्ष
४.स्वास्थ्यमा प्रतिव्यक्ति नेपालिले ५२ डलर खर्च गर्छन भने कोरियनले १४ सय ६७ डलर 
५.बिद्युत प्रतिव्यक्ति खपत नेपालमा ७७ किवा छ भने कोरियामा ७ हजार ९ सय १८ किवा 
६ .एड्स संक्रमित नेपालमा ०.५० प्रतिशत रहेको छ भने कोरियामा ०.१० प्रतिशत रहेको छ ।

                                             – श्रोत वल्ड फ्याक्ट बुक

दक्षिण कोरिया हाम्रो असल मित्रमात्र होइन पाचौ ठुलो लगानीकर्ता राष्ट्र पनि हो । नेपालमा १७१ भन्दा बढी कोरियन लगानीकर्ताहरुले बिभिन्न योजनाहरुमा लगानी गरेका छन । ती योजनाहरुमा ६५ सय भन्दा बढी नेपालीले रोजगार पाएका छन् । साथै कोरिया नेपालको सहयोगी राष्ट्र पनि हो । सन १९९२ देखि कोरियाली अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत अनुदान, प्राविधिक सेवा, स्वयंसेवा, सहुलियत दरमा ऋण प्रदान गर्दै आएको छ । कुलेखानी जलविद्युत योजना, महाकाली सिंचाई, मोदी खोला विद्युतजस्ता धेरै परियोजनाहरुका साथै काठमाण्डौ मेट्रो, पूर्वपश्चिम रेल मार्गमा उस्को आर्थिक तथा प्राबिधिक सहयोग रहेको छ । दुई देशको संयुक्त लगानीमा उद्योगहरु पनि संचालनमा रहेका छन् । नेपालको पर्यटन बिकासमा समेत कोरियाली पर्यटकको ठूलो योगदान रहेको छ । २०११ मा २४ हजार भदा बढी कोरियाली पयर्टक नेपाल भित्रिएक थिए । २००१ को अक्टोबरबाट दोहोरो कर हटाउने सम्झौता भएपछि दुई देशबिच ब्यापार बढे पनि   नेपालले पर्याप्त निर्यात गर्न नसकेका कारण ब्यापार असन्तुलन बढ्दै गएको छ ।

कोरिया ९७.२८ प्रतिशत सजातीय रहेको मुलुक भए पनि संघात्मक राज्यप्रणाली अंगालेको देश हो । क्षेत्रफलमा नेपालभन्दा निक्कै सानो भए पनि नौ प्रदेशमा बिभाजन गरिएको छ भने स्थानीय पहिचानको आधारमा प्रदेशको नामाकारण गरिएको छ । ती प्रदेशहरुले आफनो क्षेत्रमा भएको श्रोत साधन र संभावनाको अध्ययन गरेर दु्रत गतिमा बिकास गरिरहेका छन् । नेपाल बहु जाति भाषी बहु सास्कृतिक र बहु सम्पदा सम्पन्न मुलुक भए पनि सदियांै एकात्मक र केन्द्रिकृत शाशन प्रणालीका कारण स्थानीय श्रोत साधनको उपभोग र सदुपयोगमा कोरिया भन्दा धेरै गुना पछि परेको छ । गणतन्त्र स्थापना भए पनि हालसम्म त्यस विधिको मुल कानुन बन्न सकेको छैन भने प्रदेशको संख्या र नामकरण टुंगो लागेको छैन । कोरियालीहरु परिवर्तनलाई तुरुन्त आत्मासाथ गर्छन् र विश्वमा आफ्नो हैसियत खोजिरहेका छन् भने त्यसको ठीक बिपरित हामी नेपालीहरु परिवर्तनसंग डराएका छौं र पुरातनतामा रमाएका छौं अनि जहिल्यै पछि परिरहेका छौं । कोरियाली जनताको तुलनामा सापेक्ष परिर्वनलाई आत्मासाथ गर्न नसक्नु नै हाम्रो कम्जोरी देखिएको छ ।

औद्योगीक,राजनीतिक ,खेलकूद ,कला सस्कृति क्षेत्रमा संसारमा प्रभाव जमाइरहेको कोरियाले रचनात्मक अर्थब्यबस्थाका लागि आफ्नो संस्कृतिलाई उपयोग गर्ने नीति तय गरेको छ । नेपालमा समतामुलक बिकास गर्ने नीति नियम र कार्यन्वयनको अभावमा नेपालका बहुभाषा,बहुसस्कृति,बहुसम्पदाहरु बन्द हड्ताल, बिरोध र विभेदका बिषय बनेका छन । सरकारी संरक्षणको अभावमा केहि भाषा सस्कृति लोपोन्मुख अवस्थामा छन् । उचित सदुपयोगका कारण कोरियाली संस्कृति आज बरदान बनेको छ  । 
कोरिया वैदेशिक रोजगारका लागि नेपाली युवाहरुका एक प्रमुख गन्तव्य मुलुक हो । सन् १९९३ देखि औद्योगीक प्रशिक्षण प्रणली मार्फत अन्तर्गत आएका थिए भने २००७ देखि रोजगार अनुमति प्रणली मार्फत आउने गरेका छन् । यहाँ कामदार ,बिद्यार्थी, ब्यापारी, गरि करिब १७ हजार नेपाली रहेका छन् । नेपालको प्रकृतिक सौन्दर्यबारे कोरियाका उद्योगी,ब्यबसायी ,कलाकार,पर्वतारोहिदेखि सर्बसाधारसम्म उत्सुक रहेका छन् । नेपालको बिकासमा साझेदार बन्दै आएको कोरियासंग जति छिटो उच्चस्तरिय भ्रमण गर्न सक्यो त्यति नै धेरै लाभ नेपाललाई हुने कुरामा कसैको बिमति छैन  ।

No comments:

Post a Comment