Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, March 20, 2013

कोरियन भाषा परीक्षा तुरुन्तै नहुने l

काठमाण्डौं । 
नेपालले दक्षिण कोरियाका लागि २०१३ मा थप कामदार कोटा माग गरेपछि कोरियन भाषा परीक्षा तुरुन्तै नहुने सरकारले संकेत गरेको छ ।
कोरियाले नेपाललाई वाषिर्क रुपमा ५ हजार कोटा उपलब्ध गराउँदै आएकोमा कोरियन भाषाको परीक्षा अगावै थप कामदार कोटा माग गरेपछि भाषा परीक्षाको मिति लम्बिएको हो । कोरियाले नेपाललाई थप कामदार दिने आश्वासन दिएपछि भाषा परीक्षा उर्त्तीण भएको केही कामदार भने त्यसतर्फ जान पनि थालेको खबर नयाँ पत्रिकाले छापेको छ ।

कोरिायले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत १५ मुलुकबाट कामदार भित्र्याउने गर्छ । कोरिनय भाषामा उर्त्तीण भएको कामदार मात्र कोरियाको रोजगारमा जान पाउने गर्दछ ।

कोरियाले थप कामदार कोटाभन्दा पनि भाषा परीक्षा समयमा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । यसभन्दा अघि २०१३ को पहिलो चौमासिकभित्रै भाषा परीक्षा गर्ने द्वीपक्षीय मौखिम समझदारी भएको थियो । कोरियाले विदेशी कामदारको कोटा निर्धारणदेखि भाषा परीक्षाको मितिसम्मलाई पहिलो चरणमा मौखिक समझादारी गर्ने गर्छ । यहीकारण उसले भित्र्याउने कामदर कोटामा कहिलेकाँही परिवर्तन हुने गरेको छ । विश्व मन्दीका समयमा मात्र कोरियाले नेपालको कोटामा कटौती गरे पनि अन्य बर्षमा भने प्रायः कामदार कोटा बढाइरहेको छ ।

नेपालले भने २०१२ मा कोरियन भाषा उर्त्तीण भएकाको संख्या घटाउन थप कोटा माग भएको श्रम मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment