देवेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया l
कोरिया नेपाल एशोसीएसन र जीओस्ट नामक संस्थाको संयुक्त प्रायोजनमा नेपालमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । थेगुस्थित दोङ सान,योसेप र कीम एण्ड सोङ अस्पतालका बिशेषज्ञहरु संलग्न सो स्वास्थ्य शिविरमा आगोले पालेको र जन्मदै खुंडो परेकाको निशुल्क प्लास्टीक सर्जरी गरिने अस्पताल श्रोतले जनाएको छ ।
चैत्र १० देखि १३ सम्म सुष्मा कोइराला मेमोरीय अस्पताल सांखुमा संचालन हुने स्वस्थ्य शिविरमा कोरिया नेपाल एशोसीएसनका अध्यक्ष कीम दक यङ, डा . राजेशचन्द्र जोशी, प्रो. सोन दे गु,डा. ये छोन हो, डा. क्वन ह्यक जुन, डा.जो थे ही, डा. पार्क इन जाले सेवा प्रदान गर्नेछन् ।
दैनिक ५० जना बिरामीको स्वास्थ्य परीक्षण गर्ने र बिपन्न वर्गलाई प्राथमिकता दिइने डा . राजेशचन्द्र जोशीले बताए । दोङसान अस्पतालले बिगत १० बर्षदेखि नेपालको बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन संचालन गर्दै आएको छ ।

No comments:
Post a Comment