Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, March 15, 2013

सामसुङ ग्यालेक्सी एस फोर सार्बजनिक l

काठमाडौ l
स्मार्टफोन बेच्नमा युद्ध गरिरहेका दुई कम्पनीबीचको प्रतिस्पर्धा झन् तीब्र हुने पक्का छ । बिहीबार राति कोरियाली कम्पनी सामसुङले आफ्नो सर्वाधित प्रतिक्षित स्मार्टफोन सामसुङ एस ४ लाई सार्वजनिक गरेपछि फोनप्रेमी ग्राहकसमेत द्विविधामा परेका छन् ।

सामसुङले अहिलेसम्मकै स्मार्टफोनमध्ये सबैभन्दा बढी सुविधा भएको फिचरसहित पछिल्लो उत्पादन सार्वजनिक गरेको छ । आँखा हेरेको भरमा भिडियो खुल्ने र बन्द हुने, ईशाराकै भरमा गित र फोटोहरु यताउता सार्न सकिने फिचर राखेर सामसुङले नयाँ मोबाइललाई बजारमा ल्याउने भएको छ ।आगामी महिनादेखि विश्वका एकसय १५ देशमा एकसाथ बिक्री सुरुवात गरिने यो फोनको बिक्रीपछि स्मार्टफोन बजारमा आधिपत्य जमाउने कम्पनीको लक्ष्य छ भने यसले प्रतिस्पर्धी एप्पलको पसिना छुटाइदिएको छ । आइफोन सिरिज बेचेर लोकप्रियता कमाएको एप्पलको लागि सामसुङ एस ४ गतिलो चुनौती भएको छ ।

के छ नयाँ ?
५ ईञ्चको स्क्रिन भएको सामसुङ एस ४ मा धेरै कुरा नयाँ छन् । यसले बिभिन्न १० भाषालाई अनुवाद गर्न सक्ने गरी एप राखिने जनाएको छ । साथै, एन्ड्रोइड ४.२.२ अपरेटिङ सिस्टमसहितको फोनले हावाको स्पर्श र ईशाराको आधारमा काम गर्नेछ । मोबाइलको स्क्रिन मा आँखाले नहेर्ने बित्तिकै बन्द हुने हेरे पनि पुनः सुरु हुन भिडियो सुविधा सहित ईशाराको आधारमा नै गित र फोटोहरु यताउनता सार्न मिल्ने फिचर नयाँ हो । साथै, १३ जीबीको पछिल्लो क्यामेरा र २ मेगा पिक्सेलको फ्रन्ट क्यामेराले पनि ग्राहक आकषिर्त गर्नेछ ।

२ जीवीको र्‍याम र १.९ को प्रासेसरले पनि यो मोबाइललाई अरुभन्दा भिन्न बनाउँछ । एकसय ३० ग्रामको यो मोबाइलको अघिल्लो प्रायभाग स्क्रिनले ढोकेको हुनेछ ।साथै महत्वपूर्ण कुरा यसको अप्टीकल रिडरले कुनै पनि बिजनेस कार्डलाई पढेर त्यसलाई कन्ट्याक कार्डमा रुपान्तरण गरी सेभ गर्दछ ।

सामसुङले यसको मूल्य कति पर्छ भन्ने सार्वजनिक गरिसकेको छैन् । तर, सार्वजनिक कार्यक्रममा दिइएको यी जानकारी अनुसार यो मोबाइल बजारमा हिट हुने अनुमान गरिएको छ । यो मोबाइल सार्वजनिक गरेसँगै सामसुङले आफूलाई मोबाइलको नयाँ अनुसन्धानकर्ताको रुपमा पनि स्थापित गरेको छ भने अन्य स्मार्टफोन उत्पादकलाई नयाँ टेक्नोलोजी विकास गर्न चुनौतीसमेत दिएको छ । कान्तिपुर

No comments:

Post a Comment