Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, March 13, 2013

अमेरिकाले चीनलाई बाइपास गरे उसैका लागि घातक हुन्छ l

सिंगापुरका पूर्वप्रधानमन्त्री ली कुआन यू आधुनिक सिंगापुरका निर्माता मानिन्छन् । उनकै समयमा सिंगापुरमा कायापलट भएको थियो । उनले नै सिंगापुरलाई बेलायती उपनिवेशबाट मुक्ति दिलाई एसियाकै विकसित र धनी देश बनाउन ठूलो भुमिका खेलेका थिए । आधुनिक सिंगापुरका निर्माता ली विश्वका प्रमुख दुई अर्थतन्त्रबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिन्छन् । प्रस्तुत छ, अमेरिकी म्यागेजिन दि एट्लान्टिकका लागि दिइएको अन्तर्वार्ताको अनुवादित अंश :
ली क्वान यू
पूर्वप्रधानमन्त्री, सिंगापुर

अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
अमेरिका र चीन विश्वका प्रमुख दुई अर्थतन्त्र हुन् र यी दुईबीचको प्रतिस्पर्धा अकाट्य सत्य हो, तर यसलाई दुई देशबीचको द्वन्द्वका रूपमा हेरियो भने त्यो गलत हुन्छ । यो कुनै शीतयुद्ध पनि होइन । विश्वव्यापी रूपमा अग्रस्थानमा रहन तत्कालीन सोभियत संघले पनि अमेरिकासँग टक्कर नगरेको होइन । चीन पूर्ण रूपमा आफ्नो राष्ट्रिय स्वार्थअनुरूप अगाडि बढेको छ । उसको यो चाहनालाई संसार बदल्ने अभियानका रूपमा हेर्न मिल्दैन ।
तर अर्को सत्य के हो भने दुई देशबीच जुन टकराव देखिएको छ, त्यसको असर अवश्य पनि देखिन्छ । अमेरिका र चीन दुवै देश विश्वमा आफ्नो व्यापार वृद्धिको तीव्र प्रतिस्र्धामा छन्, तर अर्को सत्य के हो भने चीनलाई जहिले पनि अमेरिकी बजार, अमेरिकी प्रविधि आवश्यक पर्छ । चिनियाँ विद्यार्थीहरू यस्ता पक्षको अध्ययन गर्न अमेरिका पनि गइरहेका हुन्छन्, तर चीनलाई अमेरिकी स्तरको आर्थिक विकास अर्को १० देखि ३० वर्षसम्म लाग्न सक्नेछ । यदि दुई देशबीच प्रतिस्पर्धा बढ्दै जाने हो भने यी दुई देश ठूलो शत्रुता पनि बढ्न सक्नेछ । उनीहरूको मुख्य प्रतिस्पर्धा प्रविधि विकासलगायतका क्षेत्रमा हुनेछ । शीतयुद्धताकाको अमेरिका–सोभियत संघको सम्बन्धभन्दा फरक ढंगबाट चीन–अमेरिका सम्बन्ध अगाडि बढेको छ । अघिल्लो युद्ध दुई राजनीतिक दर्शनबीचको युद्ध थियो भने अहिले त्यस्तो अवस्था देखिँदैन । अहिलेको युद्ध दुई दर्शनबीचको भन्दा पनि आर्थिक विकास र समृद्धिकै हो । उनीहरूबीच बजार विस्तारमा प्रस्पिर्धा छ । दुवै देशबीच सहकार्य पनि छ र सँगै प्रतिस्पर्धा पनि । दुई देशको प्रतिस्पर्धा अकाट्य हो न कि द्वन्द्व ।
सोभियत संघको पतनपछि चीन र अमेरिका असल प्रतिस्पर्धीका रूपमा उदाएका हुन् । उनीहरूलाई द्वन्द्वरत दुई पक्षका रूपमा हेर्नु गलत हो । दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध राम्रो बनाउन उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी हुन्छ, तर दुई देशबीचको खतरनाक पक्ष भनेको उनीहरूबीचको सैन्य द्वन्द्व हो । चिनियाँ नेताहरूले के कुरा राम्रोसँग बुझेका छन् भने अबको एक दशकसम्म पनि सैन्य मामिलामा अमेरिका अग्रस्थानमै रहन्छ । उनीहरू अमेरिकालाई चुनौती दिन योग्य भए पनि त्यसो गर्दैनन् । चिनियाँ नेताहरूमाथि आर्थिक विकासको दबाब नै सैन्य विकासभन्दा बलियो भएर आउनेछ ।
चिनियाँ नेताहरू अमेरिकालाई एसिया तथा विश्वकै ठूलो शक्तिशाली देशबाट हटाएर त्यो स्थान आफू लिन चाहन्छन् भनिन्छ, के यो सत्य हो ?
अवश्य पनि । चिनियाँहरूले गरिब समाजलाई चमत्कारिक परिवर्तन गरेर देखाइदिएका छन् । उनीहरूको ठूलो मेहनतले नै आज चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित हुन सकेको हो । सबैलाई थाहा भएकै कुरा के हो भने चीनले एक दिन अवश्य पनि अमेरिकालाई उछिन्नेछ । चिनियाँहरू अमेरिकाले विश्वको प्रमुख अर्थतन्त्र बन्दा छोडेका विभिन्न रिक्तता पुर्दै अघि बढेका छन् । सवा अर्बभन्दा धेरै जनसंख्या भएको मुलुकमा ४ हजार वर्षभन्दा पुराना रीतिरिवाज कार्यान्वयनमा छन् । चीनमा धेरै प्रतिभाशाली मानिसहरू पर्दाबाहिर आएका छन् । यो पक्ष त्यो देशको आर्थिक विकासमा निकै सहयोगी र बलियो पक्षका रूपमा उदाएको छ । त्यसैले पनि के भन्न सकिन्छ भने चीन एसिया र विश्वमै अमेरिकालाई उछिन्दै पहिलो बन्न चाहन्छ ।
आजको परिस्थितिमा चीनको वृद्धिदर आगामी ५० वर्षसम्म अकल्पनीय रूपमा अघि बढेको देखिन्छ । चीनको आर्थिक वृद्धि नाटकीय ढंगबाट पनि अगाडि बढेको हो । समयसँगै चिनियाँ नागरिकहरूमा अपेक्षा तथा चाहनाहरू पनि वृद्धि हुँदै गएको देखिन्छ । चीनका हरेक नागरिकमा धनी र सामाजिक रूपमा बलियो हैसियत बनाउने महत्वाकांक्षा पनि बढ्दै गएको छ । उनीहरू प्राविधिक विकासमा पनि अमेरिका तथा युरोपजस्तै बलियो बन्न चाहन्छन् । चिनियाँहरू हरेक कुरामा अमेरिकाबराबरको हैसियत चाहन्छन् र उनीहरूको परिश्रम हेर्दा उनीहरू त्यसका लागि हकदार पनि हुन् ।
अमेरिकी नीति तथा कार्यक्रमले उदाउँदो चीनलाई कसरी सम्बोधन गर्ने देख्नुहुन्छ ?
अमेरिकीहरूले के बुझेका छन् भने अहिलेको अवस्थामा विश्व व्यापारिकरणमा निकै ठूलो प्रतिस्पर्धा छ र उनीहरूको प्रमुख प्रतिस्पर्धी भनेको चीन नै हो । तत्कालै उनीहरूमा पहिलो स्थानबाट हट्ने चिन्ता नभए पनि कालान्तरमा यो पनि चिन्ताको विषय हुन सक्छ । त्यसका लागि उनीहरू अहिलेबाटै चनाखो हुनुपर्नेछ । अहिले सबैको चिन्ता भ्रष्टाचार नै हो । दुवै देशसामु भ्रष्टाचार नियन्त्रणको चिन्ता पनि छ । यस्तै बेला बखत देखिने अर्थतन्त्रमाथिको कालो बादलले पनि दुवै देशलाई प्रभावित पार्ने देखिन्छ । यसले चीनलाई भन्दा धेरै अमेरिकालाई अप्ठेरोमा पार्ने उदाहरणहरू हामी सामु नै छ । अमेरिकीहरूमा आफ्नो विचार नै सर्वोच्च हो र उनीहरू आफ्नो विचार नै विश्वव्यापी हो भन्ठान्छन् । यसले उनीहरूलाई अप्ठेरोमा पार्न सक्छ । उनीहरूले के बुझ्नुपर्छ भने उनीहरूको विचार कहिले पनि विश्वव्यापी र सर्वोच्च हुन सक्दैन ।
अमेरिकाले चीनको वृद्धिलाई रोक्न सक्दैन । चीनले अहिले नै अमेरिकालाई उछिन्न सक्ने देखिँदैन, तर अबको २० देखि ३० वर्षपछि भने ऊ त्यो स्थानका लागि योग्य हुनेछ । अमेरिकाले चीनको भूमिकालाई नजरन्दाज गर्न मिल्दैन । अमेरिकाले चीनलाई एक सहयात्रीका रूपमा लिनुपर्छ ।
अमेरिकी कंग्रेस कुनै नयाँ व्यापार सन्धिको विपक्षमा देखिन्छ । यदि उनीहरूले त्यही बाटो अवलम्बन गरे भने उनीहरूले महत्वपूर्ण अवसर गुमाउनेछन् । कंग्रेसले चीनलाई महत्वपूर्ण व्यापारिक साझेदारका रूपमा स्वीकार गरी प्रतिस्पर्धात्मक व्यापारलाई स्वीकार गर्नुपर्छ । दुई देशबीच स्वस्थ एवं प्रतिस्पर्धात्मक व्यापार विस्तारमा जोड दिनुपर्छ । अमेरिकाले यदि यो विषय सन्तुलित रूपमा अगाडि बढाउन नसक्ने हो भने कालान्तरमा ऊ आफैं अप्ठेरोमा पर्नेछ । तथ्यांकहरूले पनि के देखाएका छन् भने चीनले हरेक वर्ष विदेश व्यापारको दर बढाउँदै लगेको छ । स्वतन्त्र व्यापार सन्धिबिना पनि चीनको छिमेकी देशहरूसँगको व्यापार बढ्दो क्रममा छ । चीनको यो वृद्धिलाई कसैले पनि नजरन्दाज गर्न सक्दैन ।
चिनियाँ मुद्दाका विषयमा अमेरिकाले कस्तो नीति र एक्सन अवलम्बन गर्छ जस्तो लाग्छ ?
चीनलाई अमेरिकाले शत्रुका रूपमा हेर्नु हुँदैन । एसिया–प्रशान्तमा आफ्नो उपस्थिति देखाउनका लागि अमेरिकाले उपयोग गर्न सक्ने देखिन्छ । यद्यपि यसलाई अमेरिकी रणनीतिका रूपमा हेर्न सकिन्छ । यथार्थमा भन्दा यो अमेरिका र चीनबीचको सर्वोच्च मुलुक बन्ने भन्नेमै केन्द्रित रहेको देखिन्छ, तर यस विषयलाई लिएर दुई मुलुकबीच युद्धको स्थिति निम्तिएमा विश्व नै खतरामा पर्ने देखिन्छ । अमेरिकी चाहना भने कि आफैं सर्वशक्तिमान बन्ने नभए आफूअनुकूलको देशलाई अगाडि सार्ने देखिन्छ । अमेरिकी मानवअधिकारवादीहरूको एक समूहले केही समयअघि चीनको विविध संस्कृति, मूल्यमान्यता र इतिहास तथा चिनियाँ सार्वभौमिकताका बारेमा आफ्नो असन्तुष्टि रहेको सार्वजनिक गरेको थियो । यसले पनि चीन र अमेरिकाबीचको सम्बन्धमा केही खलल पु¥याएको बुझ्न अप्ठ्यारो पर्दैन । चीनसँगको सम्बन्धलाई अमेरिकाले मूल्य एजेन्डाका रूपमा लिएको छ । चिनियाँहरूले भने उक्त विषयले दूरगामी प्रभावको मुद्दाका रूपमा हेरिरहेको प्रस्टै बुझ्न सकिन्छ । अमेरिकाले चीनको सांस्कृतिक यथार्थतालाई ठूलै चुनौतीका रूपमा हेरिरहेको अनुमान गर्न सकिन्छ । चीन पश्चिमा मुलुकहरूको प्रतिनिधि पात्रका रूपमा नभई ‘चीन चीनका रूपमा’ रहन चाहेकाले यस्तो स्थिति उत्पन्न भएको हो । अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गर्दा चीन कुनै पनि हालतमा पश्चिमाहरूसँग झुक्ने मनस्थितिमा रहेको देखिँदैन ।
सोभियत युनियनको विगठनपश्चात् अमेरिका–चीन आमखतराबाहेकका विषयमा मतैक्यता हुन सकेको देखिँदैन । चीन विश्वको शक्तिराष्ट्र बन्ने सम्भावना बढ्दै गइरहेको छ । यस विषयले पनि अमेरिका थप चिडिएको हुन सक्ने मेरो बुझाइ हो । अमेरिकी चाहना भने विश्व शक्ति अहिलेकै अवस्थामा रहोस् भन्ने रहेको छ । अबको ३० वर्षपछि अमेरिकाको यो चाहनालाई चिनियाँ विकासले निस्तेज पारिदिनेछ । चीनविरुद्धको अमेरिकी नीति समयको अन्तरालसँगै असान्दर्भिक हुँदै जाने देखिन्छ । अमेरिका मुख्य गरी चीनमा देखिएको मानवअधिकार, प्रजातन्त्र, आफूइतरका देशहरूसँगको सम्बन्ध लगायतमा असन्तुष्ट रहँदै आएको छ । चीन भने आफ्नो नीति तत्काल परिवर्तन गर्ने मनस्थितिमा रहेको देखिँदैन । पछिल्लो समस दलाई लामा र स्वतन्त्र तिब्बतको विषयलाई लिएर चीन–अमेरिका सम्बन्धमा थप चिसोपना देखिएको छ । ताइवानलाई संयुक्त राष्ट्रसँगमा स्वतन्त्र मुलुकका रूपमा राख्नुपर्नेमा अमेरिकाले विषेश जोड दिँदै आएको छ । चीनले भने ताइवानलाई आफ्नो स्वसासित क्षेत्रमा नै कायम राख्न चाहन्छ । यस विषयलाई स्वतन्त्र रूपमा छाड्ने हो भने देशको सार्वभौमिकता र एकतामा खतरा उत्पन्न हुने चीनको बुझाइ छ । विगत एक दशकयता चीनको आर्थिक वृद्धि उच्च गतिमा भइरहेकाले अबको केही वर्षमा चीनलाई केही गर्न सकिएन भने विश्वमा उसैको राज चल्ने अमेरिकी बुझाइ छ । यस्तो बुझाइले पनि समस्या उत्पन्न गराएको मेरो अनुमान छ ।
उच्च दरको आर्थिक वृद्धिले चीनलाई विश्वसामु उदीयमान मुलुकका रूपमा प्रस्तुत गरेको हो । यदि अमेरिकी नीति नरम हुने हो भने चीनमा लगानीको वतावरण व्यापक रूपमा विस्तार हुने देखिन्छ । अहिले नै विश्व व्यापारमा चीन करिब १२ प्रतिशतको हाराहारीमा रहेको अवस्था छ । आगामी दशकम्ममा यो दर दोब्बरभन्दा बढी हुने निश्चित छ । अमेरिका तत्काल विश्वमा देखिएको सुरक्षा र स्थायित्वका बारेमा चीनसँग सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा रहेको देखिँदैन ।
अमेरिकाको नीति तथा कार्यक्रमले चीनको आगामी बाटोलाई प्रभाव पार्ने देख्नुहुन्छ ?
यो विषय निकै महत्वपूर्ण छ । पक्कै पनि प्रभाव पार्ने देखिन्छ । यदि अमेरिकाले चीनलाई ‘बाइपास’ गरेर गएमा त्यो अमेरिकाका निम्तिसमेत घातक सावित हुनेछ । यसले दुवै देशले नचाहँदा–नचाहँदै शत्रुता बढ्नेछ । अमेरिकाले चीनको विकासलाई स्वीकार गरेर सहकार्यका रूपमा अगाडि बढेमा दुबै मुलुकलाई फाइदा पुग्ने र दुवैले जितेको  महसुस गर्ने मेरो बुझाइ छ । अमेरिकाले चीनको उज्ज्वल भविष्यलाई सहर्ष ग्रहणको विकल्प देख्दिनँ । यदि म अमेरिकी नागरिक हुन्थें भने मे चीनको पक्षमा बोल्थें र चीनलाई सर्वशक्तिमान मुलुक मान्थे । चीनले हासिल गरेको उपलब्धिलाई सम्मान गर्थें र अरूलाई पनि सम्मान गर्ने आग्रह गर्थे । मेरो आग्रह के हो भने सबै शक्ति मुलुकहरू मिलेर सहकार्य गर्नुपर्छ । अमेरिकाले चिनियाँ गतिविधिका बारेमा किन अनावश्यक चासो राख्दै आएको छ ? स्वतन्त्र रूपमा आफ्नो मुलुकको विकास गरिरहेको अवस्थामा चीनलाई किन शत्रुका रूपमा हेरिरहेको छ अमेरिका ? यो आवश्यक छैन । अमेरिकाले यो भन्न आवश्यक छ, अन्ततः ‘हामी दुई समान छौं, मभन्दा तिमी अन्तत ठूलो हुनेछौं, तर हामीबीच सहकार्यको आवश्यकता छ । विश्वमा देखिएको समस्या समाधानमा दुवै लागिपर्नुपर्छ ।’ अमेरिकाको अन्तिम लक्ष्य भने चीनलाई एक्ल्याउनु नै रहेको देखिन्छ । अमेरिकाको यो भनाइमा विश्व शक्तिको धङधङ लुकेको देखिन्छ । अमेरिकासँग यी दुवै बाटोमा अघि बढ्न ठूलो चुनौती उपस्थित हुनेछ । अमेरिकाले आफ्नो धङधङ देखाउन नहुने र चीनलाई एक्ल्याउँछु भन्न नहुने मेरो धारणा छ । अमेरिकाले चीनबाट आफ्नो देशमा पढ्न आउने हजारौं विद्यार्थीहरूलाई आफ्नो नीतिद्वारा प्रभावित पार्ने गरेको छ । यस्तोमा केही बुद्धिजीवी र वैज्ञानिकहरू पनि छन् । यो विषयले भने चीनलाई चुनौती थपेको मेरो बुझाइ छ ।
चीनले अमेरिकासँगको सहकार्य र सुमधुर सम्बन्ध स्थापित गर्न कस्तो नीति अख्तियार गर्नुपर्ला ?
१९४५ देखि १९९१ सम्म चीनले दुई देशबीच कुनै पनि सुमधुर सम्बन्ध स्थापित भएन । उनीहरूबीच युद्धकै मानसिकता थियो । एउटा सत्य के हो भने नयाँ पुस्ता शान्तिपूर्ण विकासको पक्षमा छन् । चिनियाँहरूलाई छुट्टै वैचारिक बन्धनले बाँधेको थियो । केही अघिसम्म उनीहरू नयाँ ढंगबाट सोच्ने अवस्थामा थिएनन्, तर चीनले सधैं विश्वका प्रमुख अर्थतन्त्रहरूसँगको द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइरह्यो, जुन अहिले पनि कायमै छ । चीनले पूर्वी एसियाका प्रमुख अर्थतन्त्रहरू तथा विश्वका अन्य अर्थतन्त्रहरूसँगको आफ्नो व्यापार बढाइरहेको छ । यस क्षेत्रमा चीन सबै कुरामा अरूभन्दा अग्रस्थानमा भए पनि उसको सन्तुलित व्यापारले सबैलाई फाइदा पु¥याएको छ । चीनको उक्त व्यवहारले कसैले पनि कुनै पनि भयको महसुस गर्नुपरेको छैन । विश्वका अधिकांश देशमा चीनको कुनै न कुनै रूपमा उपस्थिति देखिइसकेको छ र ऊ अझै शक्तिशाली बन्न चाहन्छ । चिनियाँ उत्पादनले विश्व बजारमा जमाएको हैसियतले पनि यो पुष्टि गरिसकेको छ । कारोबार 

No comments:

Post a Comment