Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 11, 2013

२ सय ४६ जना कामदारले कोरिया फर्किन आबेदन दिए l

काठमाण्डौ । 
रोजगार अनुमति प्रणालीमार्फत् कोरियामा निर्धारित समय बिताएर नेपाल फर्किएकामध्ये २ सय ४६ जनाले पुनः कोरिया फर्किन आबेदन दिएका छन । तोकिएको समयमै नेपाल फर्किएका कामदारलाई लक्षित गर्दै कोरिया सरकारले रिइन्ट्री अफर ल्याएपछि उनीहरुले कोरिया फर्किने रुचीसहित भाषा परिक्षामा सहभागी हुन आबेदन दिएका छन ।

कोरिया सरकारले सुरुमा दिएको ३ बर्षको समय पुरा गरि नेपाल फर्किएका कामदार पुनः भाषा परिक्षाको प्रकृया पुरा गरि कोरिया र्फकन पाउने ब्यबस्था छ । त्यही ब्यबस्थाअनुसार २ सय ४६ जनाले आबेदन दिएको इपीएस नेपाल कार्यालयका अधिकृत ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

अहिलेसम्म ५ सय ५७ नेपाली श्रमिकहरु कोरियामा काम गरेर तोकिएको समयमै नेपाल फर्किएका छन । गत बिहीवार र शुक्रबार उनीहरुको आबेदन इपीएस कार्यालयले बुझेको छ । आगामी मार्च २७ तारिख(चैत १४ गते) उनीहरु कम्प्युटरमा आधारित भाषा परिक्षामा सहभागी हुनेछन । ७० मिनेट लामो २ सय पूर्णाङकको परिक्षामा उनीहरुको सुन्ने र पढ्ने क्षमता परिक्षण गरिने छ । परिक्षा करिव चार दिनसम्म चल्ने ढकालले जानकारी दिनुभयो ।

आफ्नो कार्यकाल सकेर जनवरी १ २०१० पछि नेपाल फर्किएका र १८ देखि ३९ बर्षसम्मका कामदार यो प्रकृयामा सहभागी हुन सक्नेछन । परिक्षामा पास हुने युवाहरु पुनः कोरिया जानका लागि सूचीकृत हुनेछन । सन २०१२ मै जुलाईमा कार्यकाल सकेर समयमै फर्किने नेपाली कामदारलाई पुनः कोरिया जान पाउने ब्यबस्था खुला गरिएको थियो । अनलाइन खबर 


No comments:

Post a Comment