Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 24, 2013

गरिब नेपालको तस्बिर देखाउँदै, चन्दा उठाउँदै l

देबेन्द्र भट्टराई ,काठमाडौं l
 दक्षिण कोरियाका मुख्य सहरमा गएर नेपाली विपन्न घरपरिवार तथा समाजको तस्बिर देखाउूदै चन्दा उठाउनेहरूलाई सोलस्थित नेपाली दूतावासले स्पष्टीकरण लिूदै घर पठाउने अभियान सुरु गरेको छ ।
नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वसहकारी मन्त्री एकनाथ ढकाल, प्राध्यापक किशोर राजभण्डारी र 'स्पिल्न्टर ग्रुप अफ ग्लोबल पिस युथ क्रप'का ध्रुवप्रसाद लामिछानेले आफूहरूलाई यस्तो काम लगाएको बयान चन्दा उठाउनेहरूले दूतावासमा दिएका छन् । 'चन्दा उठाउनेहरूले ढकालको निर्देशनमा यो काम भइरहेको बताएका छन्,' सोलस्थित नेपाली राजदूत कमानसिंह लामाले कान्तिपुरलाई भने । यस्तो धन्दा गर्नेमध्येका एकलाई स्थानीयवासीले नियन्त्रणमा लिएर दूतावासलाई बुझाएका समेत थिए ।

लामाका अनुसार मन्त्री छँदा पनि ढकाल कोरिया भ्रमण गरेको भए पनि दूतावासलाई त्यसबारे जानकारी गराउूदैन थिए । गत मार्चमा पनि ढकालले ३५ जना लिएर कोरिया आएको सूचना दूतावासमा आएको र पछि तिनै सदस्यहरू चन्दा उठाउन लागिपरेको जानकारी पाइएको लामाले बताए । '९० दिनको पर्यटक भिसामा कोरिया आउने चन्दा संकलकलाई १० दिने तालिमपछि चर्च, युनिभर्सिटी, स्कुल आदिमा पठाइने गरेको पाइयो,' दूतावासका एक अधिकारीले भने, 'त्यसपछिका ८० दिनमा जनही १ हजार डलर दैनिक चन्दा संकलन गर्नुपर्ने सर्त राखेको पाइयो ।' उनीहरूले पूर्वमन्त्री ढकाल ग्लोबल पिस युथ क्रपसम्बद्ध रहेको बयान दिएका छन् । उनीहरूका अनुसार यो क्रिस्चियन धर्म प्रचारसम्बन्धी संस्था हो । यसमा चार्मिङ नेपाल, जीपीवाइसी नेपाललगायत संस्था सम्बद्ध रहेको बयान उनीहरूले दिएका छन् । 'हामीलाई के- कस्तो पृष्ठभूमिका नेपाली कोरिया आइरहेका छन् भन्ने थाहा हुन्न । पछि समस्या आइपरेपछि दूतावासले सहयोगी माध्यम बन्नुपर्ने स्थिति हुन्छ,' राजदूत लामाले भने, 'पछिल्लो पटक गत सेप्टेम्बरमा आनसान (सोलबाट १ घन्टा सवारी दूरी) बाट चन्दा उठाइरहेका केही सदस्यलाई स्थानीय नेपालीले पक्राउ गरेर दूतावास ल्याएका थिए, उनीहरूको बयानबाट धेरै कुरा थाहा भयो ।'

राष्ट्रको इज्जत र प्रतिष्ठासूग जोडिएको यस संवेदनशील विषयबारे परराष्ट्र मन्त्रालय समेतलाई अवगत गराइसकिएको राजदूत लामाले बताए । यो काममा कोरियास्थित ग्लोबल पिस फाउन्डेसनकी एक महिलाले समेत साथ दिएकी छन् । पूर्वमन्त्री ढकालले आफ्नो फेसबुक पेजमा 'सत्य आमा प्रवचन' भनेर यसबारे लिंक राखेका छन् । 'म युनिभर्सल पिस फेडरेसन नामक संस्था सम्बद्ध छु,' फेसबुकमार्फत सम्पर्कमा आएका उनले भने, 'दूतावासले भनेअनुसारको संस्था र त्यस्तो खालको कामबारे मलाई थाहा छैन ।' आफूलाई जानकारी नभएको विषयमा कुनै प्रतिक्रिया दिइरहनुको अर्थ नरहेको उनले बताए । कान्तिपुर l

No comments:

Post a Comment