Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 18, 2013

इपिएस प्रणाली खारेजी गर्न व्यवसायीको माग l


काठमाडौं,
वैदेशिक रोजगार व्यवसायीले दक्षिण कोरियामा नेपाली कामदार पठाउने प्रक्रिया रोजगार अनुमति प्रणाली (इपिएस) खारेजी गर्न सरकारसँग माग गरेका छन् । आकर्षक मुलुकमा सरकार आफँैले कामदार पठाएको र निजी क्षेत्रलाई भने व्यवसाय बन्द गर्ने अवस्थामा पुर्‍याएको भन्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

व्यावसायिक हितका लागि भन्दै विभिन्न मागसहित आन्दोलनको घोषणा गरेका रोजगार व्यवसायीले विगतमा निजी क्षेत्रले कामदार पठाउँदै आएको दक्षिण कोरियामा सरकारले आफँै कामदार पठाएको भन्दै पुन: निजी क्षेत्रलाई दिनुपर्ने बताएका हुन् । सन् २००७ मा दुईपक्षीय सम्झौतापछि अहिले दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत मात्र कामदार जान पाउँछन् । त्यसअघि निजी क्षेत्रले कोरिया कामदार पठाउँदै आएको थियो ।
निजी क्षेत्रले बढी रकम असुलेको भन्दै सरकारले इपिएस प्रणालीअनुसार भाषा परीक्षा उत्तीर्ण गराएर मात्र कोरिया जान पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार हालसम्म तीनपटक नेपालमा भाषा परीक्षा भइसकेको छ । इपिएस प्रणालीअन्तर्गत हालसम्म १४ हजार बढी कामदार कोरिया गएका छन् ।
यस्तै, इजरायलमा व्यवसायीमार्फत नि:शुल्क कामदार पठाउने व्यवस्था गर्नुपर्ने, संस्थागत रूपमा घरेलु कामदार पठाउन पाउनुपर्ने, व्यक्तिगत श्रमस्वीकृति वन्द गर्नुपर्नेलगायत माग सरकारलाई राखेका छन् । ‘राम्रा र आकर्षक मुलुकमा सरकार आफँै एजेन्टको काम गर्छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने, ‘तर, निजी क्षेत्रलाई निरुत्साहित गरेर व्यवसाय नै बन्द गर्ने अवस्थामा पुर्‍याएको छ ।’ उनले रोजगार ऐन ०६४ परिमार्जन गरेर सरकारले व्यावसायिक वातावरण सहज बनाउनुपर्ने बताए ।
खाडी मुलुकमा समान रूपमा तलब निर्धारण गर्नुपर्ने, रोजगारीका लागि नयाँ र आकर्षक श्रम गन्तव्य पहिचान गरी व्यवसायीमार्फत कामदार पठाउनु पर्ने, स्वास्थ्य व्यवसायीको सिन्डिकेट खारेजी गर्नुपर्ने, गामका नेपालले स्वास्थ्य परीक्षणका नाममा गरेको ज्यादति बन्द गर्नुपर्ने माग सरकारसँग राखेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोष कामदारका हितमा खर्च गर्नु पर्ने तथा गन्तव्य मुलुकसँग तुरुन्त श्रमसम्झौता गर्नुपर्ने बताएका छन् ।
सरकारी कर्मचारील नै संथागत रूपमा वैदेशिक रोजगारीमा गएका कामदारलाई विमानस्थलबाट फर्काउने र व्यवसायीलाई रकम माग गर्ने गरेको अध्यक्ष तामाङले बताए । सरकारले कामदार र व्यवसायीको माग सम्बोधन गर्नुको सट्टा व्यवसाय नै धराप बनाउन खोजेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा रोजगार व्यवसायी आन्दोलनमा उत्रिएको पनि उनले बताए । व्यवसायीले १० दिने अल्टिमेटम दिएर चरणबद्ध आनन्दोलनको घोषणा गरेका छन् ।
-सौर्य समाचार

No comments:

Post a Comment