Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, December 2, 2012

बिश्व हाप्की युसुल च्याम्पियनशीप कोरियामा नेपाललाई कास्य पदक

पुरु जोशी-

यहि नोभेम्बर २० देखि २५ सम्म दक्षिण कोरियाको उल्सान सिटीमा बिश्व हाप्की युसुल च्याम्पियनशीप २०१२ र आठौं कोरिया ओपन हाप्की युसुल च्याम्पियनशीपमा नेपाल स्थित नेपाल पेन्केक मार्सल आर्ट एसोसियसन अन्तरगत बिश्व हाप्की युसुल नेपाल च्याप्टरका ६ सदस्यीय टोलीले सहभागिता जनाएको छ । नेपाल पेन्केक मार्सल आर्ट एसोसियसन तथा बिश्व हाप्की युसुल नेपाल च्याप्टरका संस्थापक अध्यक्ष टीका राम एमबी ठकुरीको नेतृत्वमा सहभागिता जनाएका अन्य सदस्यहरुमा निशा रोका मगर बिकाश पुन मगर सुशीत रोका मगर हस्त बहादुर पुन मगर र मेघराज तामाङ रहेका छन ।
नोभेम्बर २० देखि हाप्की युसुल सम्बन्धी सेमिनार भएको थियो भने २४ देखि २५ सम्म २ दिन प्रतियोगिता भएको थियो । जसमा नेपाली खेलाडी निशा रोका मगरले काँस्य पदक हासिल गरेकी छिन । सेमीफाईनलमा कोरियन प्रतिद्वन्द्वीसंग हार ब्यहोरेपछि उनले काँस्य पदकमा चित्त बुझाउनु परेको थियो । त्यसैगरि बिकाश पुन मगरले कोरियन प्रतिद्वन्द्वीसंग हार ब्यहोर्नु पर्यो भने सुशीत रोका र हस्त बहादुर पुनले सेमिनारको दिनमा हाप्की युसुलका ग्रान्ड मास्टरसंग ट्रेनिङ गर्दा हात मर्किएको हुंदा प्रतियोगिता नै हाप्नु परेको थियो ।
आयोजक राष्ट्र दक्षिण कोरिया समेत गरी नेपाल रसिया तुर्किस्तान ईरान भियतनाम क्यानाडा युके अमेरिका र टर्कीका खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगितामा बिश्व हाप्की युसुल च्याप्टरका संस्थापक अध्यक्ष टीका राम ठकुरीले प्रमुख जज तथा प्रमुख जुरीको भूमिका निभाएका थिए भने मेघराज तामाङले रेफ्रीको भूमिका निभाएका थिए ।
संस्थापक अध्यक्ष टीका राम ठकुरीले जनाउनु भए अनुसार आउंदो जनवरीमा बिश्व हाप्की युसुल एसोसियसनका च्याप्टरहरु भएको सम्पूर्ण देशहरुलाई निमन्त्रणा गरी नेपालमा पहिलो अन्तर्राष्ट्रिय हाप्की युसुल सेमिनारको आयोजना गर्ने भएको छ । उनले उक्त सेमिनार नेपालको ५ वटै बिकासक्षेत्रलाई फोकस गरी सेमिनारको आयोजना गर्ने बताउनु भयो ।
पदक विजेता तथा खेलकुद टोलीलाई सम्मान
यसैगरि दक्षिण कोरिया स्थित इन्टरनेशनल नेपाली तेक्वान्दो संघ ईन्टाले नेपालको तर्फबाट भाग लिन आउनु भएका हाप्की युसुल टोलीको डिसेम्बर २ आइतबारका दिनका दिन दोङ्देमुन स्थित एक रेष्टुरेन्टमा सम्मान गरिएको छ ।

No comments:

Post a Comment