Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, December 6, 2012

कुर्सिको सपनामा अल्झेकाहरुले कहिलें दिन्छ होला देशलाइ .......उज्यालो ?

युदिप-

कुर्सिको सपना मात्र देख्ने स्वार्थी/ लुटेरा नेताहरुले कहिलें दिन्छ होला देशलाइ .......उज्यालो  ?
आफ्नो जिबनको सुखमय भविष्यको पर्वाह नगरी जेलको अँध्यारो जिबनमा हुर्किरहेका निर्दोष बालबालिकाहरुलाइ उज्यालो दिन बिगत ८ बर्ष देखि सक्रिय अनि निस्वार्थ रुपमा लागिरहेकी छिन पुष्पा बस्नेत l २१ बर्षको उमेरदेखि जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले यस बर्ष  ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी थिइन् lपुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो l हामीले पुष्पा बस्नेतले अँध्यारोको दिशा तिर धकेलिरहेका बालबालिकाहरुको लागि दिएको योगदान स्वरूप लागि दिएको हाम्रो भोटले न्याय पाएको छ l यो हामि नेपालीहरुको लागि गौरबको बिषय पनि हो l 

 निस्वार्थी अनुराधा कोइराला अनि पुष्पा बस्नेत जस्ता समाजसेवीहरुले देश प्रति गरेका योगदान  अनि गौरबको कुरा  संग-संगै हाम्रो देशलाई बिस्तारै बिस्तारै खोक्रो पार्दै गइरहेका नक्कली देशभक्तिका  खोल ओढेका कुर्सिप्रेमी नेताहरुको कथा बेग्लै छ l हामीले देश बनाउँछु भनेर अनेक नाटक गरेर भोट माग्न आएका स्वार्थि ,लुटेरा नेताहरुलाइ धेरै भोट दिएका थिए l त्यसको बदलामा नेताहरुले प्राकृतिक सौन्दर्यता अनि सुन्दर ,शान्त नेपाललाइ मरभुमीमा परिणत गरि ध्वस्त बनाएको छ l  नेताहरुले देशका जनताहरुको बिचारहरुलाइ पनि विभाजित बनाइ दिएका छन l इतिहासका बिरपुर्खाका अनि बिरताका कुरामा गर्ब गर्दै आइरहेका पार्टीका कार्यकर्ताहरुले पनि आफ्ना प्यारा नेताहरुका गलत कदमको बिरोध गर्न नसक्ने गरि कमजोर भएका छन् l  देशको बिकास गर्छु भनि लाग्नेहरु  अनि गलत कदमको बिरोध गर्नेहरु ( बुद्दिजिबी ,बिद्द्यार्थी, डाक्टर , इन्जिनियर, प्रशासनिक कर्मचारी, ब्यापारीहरु ) ले नै पार्टीका सहयोगी संगठनको निर्माण गरि नेतारुको चाकडीका लागि पार्टीका सक्रिय कार्यकर्ता भएका छन् l  देशका जिम्मेवार पदमा बसेकाहरुले भ्रस्टाचार गरि देशको अर्थतन्त्र ध्वस्त  बनाउंदै आइरहेका छन् l   हामीले देश विकासका लागि भोट दिएका देशका जिम्मेवार नेताहरुले बालुवाटारको कुर्सिको लागि ४ बर्षे असफल सविंधानसभा उपहार दिए l  हाल पनि  नेताहरुले कुर्सिको लागि राष्ट्रिय सहमति गर्ने नाममा देश बिकाशका कार्य ठप्प पारेका  छन् l   राष्ट्र निर्माणका सुन्दर नाटकीय नाराका प्रबर्दक अनि ब्यबसायिक नेताहरुलाइ  हामिले दिएको भोट आज खेर गएको छ l
कुर्सिको सपना मात्र देख्ने स्वार्थी/ लुटेरा नेताहरुले कहिलें दिन्छ होला देशलाइ .......उज्यालो  ?

No comments:

Post a Comment