कोरियाली र्यापर PSY को गंगनम स्टाइल म्युजिक भिडियोले शनिबार नयाँ रेकर्ड राखेको छ। जस्टिन बिबरको ‘बेबी’लाई उछिन्दै गंगनम स्टाइल युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको भिडियो बनेको छ। जुलाईदेखि भाइरल बन्दै फैलिएर विश्वभर हंगामा मच्चाएको यो भिडियोलाई आजसम्म ८१ करोडभन्दा बढी पटक हेरिएको छ।
जस्टिन बिबरको बेबीको नाममा भने अझै एउटा रेकर्ड बाँकी नै छ। उनको यो भिडियो युट्युबमा सबैभन्दा मन नपराइएको भिडियो हो। यो भिडियो ३१ लाख ९२ हजारले मन पराएका छैनन्। गंगनम स्टाइलले भने ३ लाखमात्रै डिस्लाइक पाएको छ।
No comments:
Post a Comment