तिहारको अन्तिम दिन आज भाइटिका l नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउदैछन् । भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा भएपनि विहान तथा दिनभर नै टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने तथा पूजा गरेर आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
![]() |
| कोरियामा भाइटिका मनाइ रहेका नेपालीहरु l |
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले काठमाण्डौको रानीपोखरी यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउछन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
कोरियामा तिहारको रमझम
विभिन्न कामको शिलशिलामा कोरियामा पुगेका केहि नेपालीहरुले पनि कडा परिश्रम तथा व्यस्तताका बाबजुत पनि दिदि -बहिनिहरु बनाई भाइटिका मनाउन थालेका छन् l दशैं सुरुवातसंगै यँहाका नेपालीहरुमा पनि चाडपर्ब लहर नै छाएको छ l कतिपय नेपालीहरु दशैं ,तिहार मनाउन नेपाल गइसकेका छन् l केहि नेपालीहरु साथीभाईहरुको समूह बनाइ आफ्नो इच्छानुसार चाडपर्वहरु मनाउने गर्छन l अफ्नो देशको कला र संस्कृतिको संरक्षण गरौँ भन्ने नाराका साथ् विभिन्न संस्थाहरुले तिहारको अवसर पारेर नेपाल सम्बत मनाउने ,म्ह पुजा गर्ने ,देउसी, भैलो खेल्ने कार्यक्रमहरु पनि गर्न थालेका छन् l

No comments:
Post a Comment