प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त निरन्तर संघर्ष गर्दै आईरहेको प्रवासी मजदुर युनियन एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले संयुक्त रुपमा अगष्ट महिनादेखि लागु भएको ईपिएसको मजदुरहरुको कम्पनी परिबर्तन सम्बन्धि नियमको पूर्ण खारेजि, बिना सर्त सम्पुर्ण ईपिएसको मजदुरहरुको कार्य अवधि थप हुनु पर्ने, मजदरहरुको अधारभुत अधिकारलाई मान्यता दिनु पर्ने जस्तो बिभिन्न मागहरु राख्दै निम्न स्थान र मितिमा बृहत जुलुसको आयोजना गर्न गईरहेको हुनाले कोरियामा रहनु भएको मजदुरहरु , बिभिन्न संघसंस्थाको पदाधिकारीहरु, बिद्यार्थी , पत्रकार, बुद्धिजिबि लगायत सम्पुर्ण महानुभाबहरु उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
मिति : नोभेम्बर ११ तारिक आईतबार ।
स्थान : सउल सिटि हल । रेल लाईन लाईन नं १ गेट नं २
समय : दिनको २ बजे
सम्पर्ग : ०१०– ५६७५–२०११
No comments:
Post a Comment