काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस संकटा क्लबसँग पराजित भएको छ । शनिबार भएको खेलमा पुलिसलाई २-० ले पराजित गर्दै संकटाले सनसनिपूर्ण नजिता निकालेको हो । पुलिस पहिलो खेलमा पुलिस मध्यपुर युथ एशोसिएसनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने संकटाले मनाङ मर्स्याङ्रदीलार्इ बराबरीमा रोकेको थियो ।दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रर्दशन गरेको संकटाले खेलको २३ औं मिनेटमा रितेश खड्काको गोलबाट अग्रता लिएको थियो । ६९ औं मिनेटमा एकजुन तुलाधरले संकटाको अग्रता दोब्बर पारे । खेलमा पुलिसले केही राम्रो मैका पाएपनि गोल गर्न सकेन ।अर्को खेलमा मध्यपुर र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
No comments:
Post a Comment