Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 27, 2012

कोरियाबाट फर्केर बंगुरपालन l

मनोज अधिकारी
 पोखरा, -
कोरियाको बंगुर फार्ममा काम गरी फर्केका दाजुभाइले आफ्नै फार्म, सोरुम र रेस्टुरेन्ट चलाएका छन्। कास्कीको लेखनाथ-२ रिठ्ठेपानीमा बंगुरपालन गरेका छ्याम र राजु थापाले पोखरा बुद्धचोकमा फ्रेस हाउस र रेस्टुरेन्ट चलाएका छन्। 
७ वर्षअघि दुई बंगुरबाट सुरु गरेको ‘पोखरा लाइभ स्टक प्रालि'मा अहिले ८० माउ (बच्चा उच्पादन गर्ने पोथी) सहित ६ सय ५० बंगुर छन्।
स्थानीय बजारको माग पूरा गर्न नसकेका उनीहरु बंगुरको मासु विदेश पठाउन थालेका छन्। नयाँदिल्लीका कोरियाली रेस्टुरेन्टले फार्ममै आएर लाने गरेका छन्।
‘एक महिनायता दिल्लीमा चार खेप मासु पठाइसक्यौं,' थापाले भने,‘यहाँको बंगुर गुणस्तरीय र स्वास्थ्यकर भएकाले अरु पनि माग आइरहेको छ।'
उनीहरुको ‘पोखरा मिन सोक छोन रेस्टुरेन्ट'मा ग्राहकको आकर्षण बढ्दै गएको छ। त्यहाँ बंगुरका १६ परिकार पाइन्छ। त्यहाँ खान विदेशी पनि आइपुग्छन्।
उनीहरुले तीनदर्जन युवालाई रोजगारी दिएका छन्। फार्म दाजु छ्याम र सोरुम तथा रेस्टुरेन्ट भाइ राजुले हेर्दै आएका छन्। छ्याम भन्छन्, ‘छिट्टै दुई हजार बंगुर पु¥याउने योजना छ।'
फार्ममा योर्क सायर, लेनरेस, ड्युरोक र हेमसायर गरी चार जातका बंगुर छन्। केही बंदेल पनि छन्। बजारको मागअनुसार बंदेल पालेको उनले बताए।
थापा दाजुभाइले कमाएर बचेको केही रकम र कृषि विकास बैंकबाट लिएको एक करोड रुपैयाँबाट बंगुरपालन सुरु गरेका हुन्। सुरुमा १३ रोपनी जग्गा किनेर फार्म बनाएका उनीहरुले बंगुरका लागि आहार उत्पादन गर्न थप ५० रोपनी जग्गा भाडामा लिएका छन्। अहिलेसम्म उनीहरुले दुई करोड रुपैयाँ लगानी गरिसकेका छन्।
कोरियामा बंगुर पाल्दा देखेअनुसार खोर निर्माण गरेका थापा दाजुभाइले सबै तौरतरिका उहीं सिकेबमोजिम गरेका छन्। उनीहरुले बंगुरको मासु काट्न कोरियाबाटै मेसिन ल्याएका छन्। हातले छुनु नपर्ने गरी मेसिनले मासु तयारी गरिदिने भएकाले उपभोक्ताले यस्तो प्रविधि मन पराएका छन्।
भारतीय सेनामा कार्यरत स्याङ्जा ओरस्टेका छ्याम थापा दुई दशकअघि बिदामा घर आएका थिए। साथीभाइसँग सल्लाह मिलेपछि उनी पल्टनको चार वर्षे जागिर छोडेर फ्रि-भिसामा कोरिया पुगे। त्यहाँ विभिन्न काम गर्दा गर्दै उनी बंगुरफार्ममा पुगे। त्यहाँ भाइ राजु पनि काम गर्थे। उनीहरुले कोरिया मासिक डेढ लाख रुपैयाँ तलब पाउँथे। अहिले स्वदेशमै बंगुर पालेर उनीहरुले मासिक २ देखि ३ लाख रुपैयाँ नाफा गर्दै आएका छन्।
भाइले १० र दाजुले १२ वर्ष कोरियामा काम गरे। पछिल्लो ६ वर्ष भने दुवैले एउटै बंगुरफार्ममा काम गरेर कोरियाली प्रविधि र सिप सिके। त्यही सिप स्वदेशमा उपयोग गर्न उनीहरु सन् २००५ मा स्वदेश फर्के। लगत्तै थापा दाजुभाइले जग्गा किनेर बंगुरफार्म सुरु गरे।

राम्रो-दाना पानीमा हुर्केका बंगुर ७ महिनामा मासुका लागि उपयुक्त हुन्छन्। एक सय २० केजीसम्मको भएपछि मासु राम्रो हुन्छ। जिउँदो प्रतिकेजी १ सय १० रुपैयाँका दरले बेच्ने गरिएको छ भने तयारी मासु २ सय ६० रुपैयाँमा।
फार्ममा बंगुरका पाठापाठी उत्पादन केन्द्र पनि छ। पाठापाठी झापा, काभ्रे, दाङ, तनहुँ, बाँके लगायत व्यवसायीले लैजान्छन्। ‘फार्मबाटै वर्षेनी ६-७ सय पाठापाठी बिक्री हुन्छ,' छ्यामले भने,‘जन्मेको ४० दिन पुगेपछि ३ हजार रुपैयाँमा बिक्री हुन्छ।'
बंगुर वर्षमा तीनदेखि चारपटकसम्म बच्चा पाउँछ। एउटा माउ बंगुरले एकपटकमा १४ देखि १८ वटासम्म बच्चा पाउँछ। ती बंगुरका लागि मलेसियाबाट ७ वटा भाले ल्याइएको छ।

साभार : नागरिक

No comments:

Post a Comment