Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, July 20, 2012

इपीएसको श्रम सम्झौता नवीकरण

 नेपाल सरकार र दक्षिण कोरियाबीच इपीएस  मार्फत थप २ वर्षका लागि श्रम सम्झौता  नवीकरण भएको छ l कोरिया सरकारको इपीएस मार्फत नेपाली कामदारलाई रोजगारीका अवसर दिने नीतिअनुरुप सन् २०१० मा भएको पछिल्लो सम्झौताको अवधि गत पुसमा समाप्त भएपछि तीन-तीन महिना गरी दुईपटक सोलले उक्त सम्झौताको म्याद थप गरेको थियो ।
 दुई देशका उच्च अधिकारीबीच औपचारिक भेट हुन नसकेपछि कूटनीतिक प्याकेट मार्फत   दुई वर्षका लागि सम्झौता नवीकरण भएको हो ।  कोरियाका रोजगार तथा श्रममन्त्रीबाट हस्ताक्षर भई कूटनीतिक प्याकेटबाट आएको समझदारीपत्रमा नेपालका श्रम तथा रोजगारमन्त्रीले हस्ताक्षर गरेपछि दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ,' मन्त्रालयको विज्ञप्तिमा छ । कुरियर मार्फत सम्झौता आदानप्रदान गरी गरिने कामलाई कूटनीतिक प्याकेट भनिन्छ ।

सुरुमा कोरियाका श्रममन्त्रीले हस्ताक्षर गरी दुई प्रति सम्झौतापत्र कुरियर मार्फत नेपाल पठाएका थिए । त्यसमा नेपालका श्रममन्त्रीले हस्ताक्षर गरी एक प्रति राखेर अर्को कोरिया पठाएपछि सम्झौता नवीकरण भएको हो l
नेपालले सन् २००७ मा पहिलो पटक कोरियासँग कामदार पठाउने सम्झौता गरेको थियो । त्यसको म्याद सन् २०१० मा सकिएपछि २ वर्षका लागि नवीकरण भएको थियो । सन् २०१० को सम्झौता अवधि २०१२ जनवरी १७ सम्म थियो ।

हाल कोरियामा करिब १४ हजार नेपाली कार्यरत छन् । कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्यको रुपमा रहेको तथा अन्य मुलुकको तुलनामा उनीहरूले त्यहाँ आकर्षक पारिश्रमिक र सुविधा प्राप्त गर्दै आएकाले कोरिया  जान चाहने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष लिइएको कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका झण्डै नौ हजार नेपाली कोरिया जाने तयारीमा छन् भने  चालु आर्थिक वर्षको अन्त्यमा पुनः भाषा परीक्षा सञ्चालन हुनेछ l रासस 

No comments:

Post a Comment