Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 31, 2012

हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा


   

  गजल




 भुवन बजगाईं
 सोल ,कोरिया










हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा 
मन भित्र सपनाको महल बनाउँदै छ आमा 

गर्नु पनि के के पर्नी देशै छाडे पछि 
धुलो मैलो नाना थरि गनाउँदै छ आमा 

दिन भरिको थकान अनि तनाब मेटाउन 
एक दुई घण्टा इन्टरनेटमा रमाउँदै छ आमा 

गर्छु केहि फर्कि भनि आफ्नै मातृभुमि 
औला भाँची दुई चार पैसा बचाउँदै छ आमा

हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा
मन भित्र सपनाको  महल बनाउँदै छ आमा

No comments:

Post a Comment