Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 5, 2016

मार्च १३ मा प्रेमगीत प्रदर्शन साथमा दर्शकलाई टेलिकमकाे अफर

नमस्ते नेपाल कोरिया 
साेल, मार्च ५,२०१६ 
अागामि मार्च १३ तारिकमा कास्की परिवार दक्षिण काेरियाले सउलमा प्रदर्शन गर्न गईरहेकाे नेपाली कथानक चलचित्र "प्रेमगित" हेर्न अाउने दर्शकलाई SK तथा KT टेलिकमकाे सिम कार्ड र ३०,००० वन बराबरकाे अन्तरास्ट्रिय कलिङ कार्ड निशुल्क प्रदान गरिने भएकाे छ।
याे याेजना अायाेजकले काेरियन टेलिकम कम्पनिहरू सँग सम्झाैता गरेर उक्त दिनकालागि मात्र तय गरिएकाे कास्की परिवार दक्षिण काेरियाका सचिब पुष्पराज तिमिल्सिनाले बताउनु भयाे । नेपाली नयाँ बर्ष २०७३ नजिकिदै गर्दा अायाेजक संस्थाले काेरियामा रहेका नेपालिहरूलाई लक्षित गरि उक्त फिल्म प्रदर्शन गर्न लागकाे हाे । " नेपाली कला र संस्कृतिको संरक्षण गराै प्रबास मा रहेका खेलाडिकाे सम्मान गराै ।" भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेकाे कार्यक्रममार्फत काेरियामा रहने कास्केलि खेलाडीहरूलाई पनि त्यस दिनमा सम्मान गरिने संस्थाका अध्यक्ष खाेम गुरूङले बताउनु भयाे । सउलकाे दाेङदेमुन स्थित कुमिन ह्वेग्वान (NRNA काे चुनाब भयकाे हल) मा दिनकाे ठिक १ बजे उक्त चलचित्र "प्रेमगित" प्रदर्शन हुने छ ।प्रणय दिबसकाे अबसर पारेर नेपालमा फेब्रुअरी १४ मा रिलिज भएकाे यस चलचित्रले दर्शकको मन जित्न   सफल भई राम्राे व्यापार गरेकाे निर्माता सन्ताेष सेनले बताएका छन्  । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।काेरियामा अाधिकारिक ब्यबस्थापन र प्रर्दशन गर्ने जिम्मा पाएकाे कास्की परिवार दक्षिण काेरिया सन् २००८ सालमा स्थापना भई बिगतमा पनि सामाजिक सांस्कृतिक तथा खेलकुदकाे बिकासका लागि दक्षिण काेरियामा उल्लेखनीय कार्यहरू गर्दै अाएकाे छ ।

No comments:

Post a Comment