Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 22, 2016

जनअधिकार मञ्च गजेदो-दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न


चुडामणि अधिकारी सौल दक्षिण कोरिया
एकीकृत नेकपा माओवादीको प्रवास संगठन जनअधिकार मञ्च दक्षिण कोरियाको गजेदो क्षेत्रको प्रथम अधिवेशन तदनुसार २०१६ फेब्रुअरी २० तारिख शनिवार गजेदो क्षेत्रको ओक्पोमा दिनेश पौडेलको अध्यक्षतामा हाल ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट उपाध्यक्षद्वय रेशम पण्डित र शंकर पाण्डे, सचिवमा नयनराज राई, सह- सचिवमा कपिल अधिकारी, कोषाध्यक्षमा मिना गुरुङ र सदस्यहरु क्रमश: सुनित थापा, सुजन पौडेल र सुरेश लामिछाने निर्बिरोध निर्वाचित भएका छन । आवाश्यक अन्य केही सदस्यहरु पछि मनोनयन गरिने समेत बताइएको छ ।
गजेदो क्षेत्र वरिपरि छरिएर रहेका जनअधिकार मञ्च आस्थावान साथिहरुलाइ संगठित गर्ने उद्देश्यले अधिवेशनको आयोजना गरिएको जनअधिकार मञ्च दक्षिण कोरियाका केन्द्रिय अध्यक्ष गणेश कालिकोटेले जानकारी गराउनु भयो । ख्याङ्नाम प्रोभिन्स क्षेत्रीय कमिटी अन्तरगत रहेको गजेदो क्षेत्रको अधिवेशन सफलतापुर्बक सम्पन्न भएकोमा ख्याङ्नाम प्रोभिन्स क्षेत्रीय कमिटीका अध्यक्ष ईश्वर न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुका साथै आफुलाइ खुशी लागेको बताउनु भयो । त्यसैगरी जनअधिकार मञ्च कोरियाका केन्द्रिय सल्लाहकार दिलिप धितालले नवनिर्वाचित कार्यसमितिले गजेदो लगायत समग्र कोरियामै सामाजिक कार्यमा हातेमालो गर्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।
गजेदो स्थित भएको उक्त अधिवेशको प्रमुख आतिथ्य ख्याङ्नाम प्रोभिन्स क्षेत्रीय समितिका उपाध्यक्ष नोबिन्द्र कटुवालले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व दिनेश पौडेलले गर्नुभएको थियो । त्यसैगरी सुनित थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नयन राज राईले गर्नुभएको थियो । कार्यक्रममा जनअधिकार मञ्च दक्षिण कोरियाका तर्फबाट केन्द्रिय अध्यक्ष गणेश कालिकोटेले पठाउनुभएको शुभकामना मन्तव्य पढेर सुनाइएको थियो । नवनिर्वाचित कार्यसमितिलाई ख्याङ्नाम प्रोभिन्स क्षेत्रीय समितिका उपाध्यक्ष नोबिन्द्र कटुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
जनअधिकार मन्च दक्षिण कोरियाका केन्द्रिय उपाध्यक्ष चुडामणि अधिकारीले जानकारी गराए अनुसार यहि २०१६ फेब्रुअरी २८आइतबारको दिन आन्सान छेत्रको छेत्रीय भेलाको आयोजना गरियको छ उक्त भेलामा त्यस छेत्र वरपरका साथीहरू लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ गजेदो क्षेत्रको जनअधिकार मञ्चका बारेमा अन्य बिस्तृत जानकारीका लागि नवनिर्वाचित अध्यक्ष दिनेश पौडेलको मोबाइल नम्बर ०१०-५८९-६०४४० मा सम्पर्क गर्न सकिने छ ।

No comments:

Post a Comment