Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 24, 2016

एमटियु ओसान फेंतेक कमिटिमा रोशन राई

रोशन राई
२४ फेब्रुवरी २०१६ ,कोरिया |
प्रवासी मजदुर संघ एमटियु कोरियाको दोस्रो अधिबेशन ओसानको मजदुर हलमा आइतबार सम्पन्न भएको हो | अधिबेशनले रोशन राईको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको छ |
उक्त अधिबेसनको निर्वाचन मण्डलले उपाध्यक्षमा बंगलादेशी कदेल र भक्त थापा मगर , महासचिवमा गणेश न्यौपाने चुनेका छन् भने सक्रिय सदस्यहरुमा दावा तामाङ्ग, पदम राइ , बिकाश बास्तोला, केशर थापा , कृष्ण प्रसाद आचार्य , धिरज शाक्य , दिपेश राना ,तिलक गौतम ,बिचल सुब्बा चुनिएका छन् |
सलनालको समयमा अधिबेसन हुने भनिएपनि समयानुकुल नहुँदा सरेको उक्त अधिबेसन आइतबार एमटियु अध्यक्ष उदय राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो | अधिबेसनको उद्घाटनको क्रममा औपचारिक कार्यक्रमलाइ सम्बोधनका क्रमामा कोरियन मजदुर महासङ्घको तर्फबाट बिशेष अतिथि रहेका चेङ्गवन जुङ्गले कोरियामा प्रवासी मजदुर @ सङ्घको महत्व र एमटियुको पृष्ठभूमि बारे प्रकाश पारेका थिए |
त्यसै क्रममा औपचारिक कार्यक्रमलाई सम्बोधनको गर्दै एमटियु अध्यक्ष उदय राईले कोरियामा रहेका सम्पूर्ण मजदुरहरु एक भै मजदुर आन्दोलनमा लागेमात्र ईपिएस प्रणालीमा रहेका नराम्रा नियमहरु परिवर्तन गरि सुधारिएको नियम कोरिया सरकारले लागु गर्ने बताए | उनले भने " मजदुर संगठन र मजदुर आन्दोलनमा लागेर आफ्नो अधिकार को लागि लड्न नजानेर नै कोरियामा धेरै नेपालिहरुले डिप्रेसन र तनावको कारण आत्माहत्याको सिकार हुनुपरिरहेको छ |"
दिउसो २ बजे बाट सुरु भएको अधिबेशन कार्यक्रम अपरान्ह ६ बजे नया कार्यसमितिको चयनसहित सम्पन्न भएको थियो |

No comments:

Post a Comment