Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, December 10, 2015

धेरै अन्तर्राष्ट्रिय आवार्ड प्राप्त फिल्म सुनकली कोरियामा प्रदर्शन हुने

नमस्ते नेपाल कोरिया सम्बादाता
१० डिसेम्बर २०१५
सौल,
सुदूर पश्चिम समाज, कोरियाले आउँदो २४ जनवरी २०१६ मा कोरियामा रहेका नेपाली एवं इच्छुक कोरियन दर्शकमाझ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल चर्चित डकुमेन्ट्री फिल्म सुनकली " मुगुकि मेस्सी" प्रदर्शन गर्ने भएको छ। सउलमा  सुदूरपश्चिम समाज अध्यक्ष जीतेन्द्र महताको अध्यक्षतामा  बसेको बैठकले उक्त निर्णय गरेको जानकारी सचिव कमल शाहीले दिनु भएको छ।

'सुनकली' प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न कार्य समितिका सम्पूर्ण सदस्य र सल्लाहकार पदेन सदस्य रहने गरी  डा. अग्नीराज कोइरालाको संयोजकत्वमा रहेको पुरानै मूल समितिलाई निरन्तरता दिईएको छ  ।मूल समितिको  सदस्यहरूमा डा.शेरबहादुर रावल,दिलीप रावल,शुभाष हमाल,सुरेन्द्र भण्डारी,जनक धामी, जितु उपाध्याय तिमिल्सिना,एल.बि. बिष्ट,कमल सिंह,मोहन चौधरी,पदम भट्ट,करन बुढा, जगदीश बिष्ट,राज बोहरा,गोविन्द रावल,बालकृष्ण बोहरा, नवीन कार्की,पुरन नाथ, लभ लाइट भट्ट,दीपक गिरी,तेज खडका,सुजन रोकया, खगेन्द्र पनेरु, गजेन्द्र सिंह, आर्यन बिक्रम शाही, महेन्द्र पन्त, आशिष सिंह,  रहेका छन् । हल व्यवस्थापनको जिम्मा अध्यक्ष जीतेन्द्र महतालाई दिइएको छ, त्यसै  गरि प्रचार  प्रसार संयोजकमा लाल बहादुर साउद, स्वयंसेवक परिचालन संयोजकमा धर्मराज जोशी , टिकट बिक्रि वितरणको जिम्मेवारी रबिन्द्र रोकायालाई दिईएको छ भने आर्थिक सहयोग संकलनका लागि समेत छुट्टाछुट्टै उप-समितिहरू गठन गरिएका छन्। सुदूरपश्चिम समाज, बुसान शाखा अध्यक्ष वीर बहादुर ढाटको नेतृत्वमा बुसान क्षेत्रीय कार्य समितिबाट आर्थिक, नैतिक र भौतिक सहयोगका लागि केन्द्रीय कार्य समितिसंग समुन्वय गर्न जिम्मेवारी दिइएको छ ।
चर्चित पत्रकार भोजराज भाटद्वारा निर्देशित'सुनकली'ले नेपालको सबभन्दा विकट कर्णालीको मुगुका किशोरीहरूको सानैदेखि फुटबलप्रतिको लगाव, अभ्यास र उनीहरूले पाएको सफलताको कथालाई वुलन्द गरेको छ।अहिले विभिन्न देशहरूमा भव्य प्रदर्शनका साथ अन्तर्राष्ट्रिय अवार्डहरुद्वारा सम्मानित हुँदै चर्चाको शिखरमा रहेको उक्त डकुमेन्ट्री  कोरियामा प्रदर्शन गर्ने मुख्य उद्देश्य कर्णालीका दुर्गम क्षेत्रको शिक्षा विकासमा सहयोग गर्ने रहेकाले कोरियामा कार्यरत  बुद्धिजीवी, ब्यापारी, विद्यार्थी, समाजसेवी सम्पूर्ण संघसंस्थाका प्रतिनिधि र सुपका सबै साथीहरूमा उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सहयोगका लागि सुदूरपश्चिम  समाज, कोरियाले अपिल गरेका छ ।

No comments:

Post a Comment