Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 5, 2015

कोरियामा हिट हुदै निर्देशक तथा मोडल प्रकाश शर्मा

कृष्ण पुरी (नमस्ते नेपाल कोरिया डट कम )

 ०५ डिसेम्बर, २०१५, दक्षिण कोरिया

'नझार्नु आशु, सम्झेर प्रिय म टाढा भएनी' प्रमोद खरेल - मुग्लान एल्बम

मन भरी माया, छ तिम्रै प्रिय म जहाँ गएनी
रहर हैन ,बाध्यता हो ,म परदेशी बन्नु
तिमीले पनि मैले झैँ सधै ,फोन बाटै खबर भन्नु ...............
(मुग्लान)
कोरियामा कडा परिश्रम सगै फुर्सदको समयको सदुपयोग गर्दै कुशल निर्देशक तथा मोडल प्रकाश शर्मा म्युजिक भिडियो निर्माणमा तल्लिन छन । उनै द्वारा हालै कोरियामा निर्देशन गरिएको परदेशी जीवनकथामा आधारित 'मुग्लान' एल्बमको ‘नझार्नु आशु ’गितको म्युजिक भिडियो सार्बजनिक भएको छ l

प्रकाश शर्मा 

मनोरम सुन्दर प्राकृतिक स्थल, सामुद्रिक लहर , केहि कृत्रिम दृश्य, स्वच्छ अनि बिकसित मानब सभ्यताको संगम दक्षिण कोरियाले हरेक देशलाई लोभ्याईरहेको छ। यहा बिभिन्न पेशामा मानिसहरु दिनानुदिन आकर्षित भैरहेका छन् । दिन प्रतिदिन कोरियामा नेपालीहरु पनि बिभिन्न पेशा,शिलशिलामा कोरियाली भूमिलाई आफ्नो सपना र सौख पुरा गर्न साक्षात्कार गरी जुहारी गरीरहेका हुन्छन । नेपालीहरु पछिल्लो समयमा आएर बिभिन्न म्युजिक भिडियोहरु छयांकन निर्देशन आकर्षण तर्फ बढिरहेको छन।
नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार राजकुमार बगर द्वारा संगितवद्ध ,चर्चित गायक प्रमोद खरेल को सुमधुर स्वरमा सजीएको मनांग लिम्बुको निकै नै मार्मिक हृदयस्पर्शी शब्दहरुमा परदेशीहरुको सम्झना र यथार्थ जीवनकथामा आधारित पहिलो 'मुग्लान ' एल्वमको गीत 'नझार्नु आशु सम्झेर प्रिय म टाढा भएनी" बोलको म्युजिक भिडियोको सुटिङ शर्माले कोरियामा छयांकन ,निर्देशन गरी सो म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।
प्रकाश शर्माले निर्देशन गरेको सो म्युजिक भिडियो ‘नझार्नु आशु ’ कोरियामा रहेकी अति लोकप्रिय नृत्यकार तथा कलाकार रोसना फुच्ची, र स्वयम् शर्माले पनि अभिनय गर्नुभएको छ । उक्त गीतमा परदेशी जिबनका दुख सुखका सम्झनाका भावहरु समेटीएका छन्। सो म्युजिक भिडियोको छायाँंकन कमल ओली ले गरेका हुन् भने यसलाई नेपालमा बुर्तिवाङ म्युजिक प्रालिले हाईलाइट्स नेपाल मार्फत यसलाई बजारमा ल्याएको हो। महेस मगर र पुरुशोतम गौतम लगाएत साथीहरुको बिशेष साथ रहेको नमस्ते नेपाल कोरिया लाई बताए ।
झन्डै दर्जन गीत निर्देशन गरेका शर्मा आगामी कोशेली मलाई छोडी पराई सग गयौ म्युजिक भिडियो निर्माणमा तल्लीन रहेको बताउदै गीत संगीतलाई माया गर्दै अगाडि बढ्ने र सम्पूर्ण नेपालीहरुको माया ,सल्लाह सुझाबको खाचो रहेको बताएका छन् l

भिडियो तलको लिंकमा हेर्नुहोला ।





No comments:

Post a Comment