Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, December 3, 2015

बुसानमा सुदूरपश्चिम समाज उपाध्यक्ष विष्ट सम्मानित

नमस्ते नेपाल कोरिया सम्बादाता
२ डिसेम्बर २०१५, बुसान
सुदूरपश्चिम समाज, दक्षिण कोरियाको बुसान क्षेत्रका उपाध्यक्ष चक्र विष्टको हिजो विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम समाज बुसान शाखाले आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रमको अध्यक्षता बुसान शाखा अध्यक्ष बीरबहादुर ढाटले गरेका थिए । विष्ट कोरिया बसाईको बैधानिक अवधी ४ वर्ष १० महिना सकेर मातृभूमि तर्फ प्रस्थान गर्ने पूर्व सन्ध्यामा सो कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम समाज बुसान शाखाका सचिव गणेश भट्टले जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा बुसान एन आर एन अध्यक्ष मुकुन्द सापकोटा, सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष दिलिप रावल, सुपका पूर्व उपाध्यक्ष महेन्द्र पन्त, समाजसेवी सुजन रोकाया, बिमल बर्तौला लगायतका अतिथिहरुले विष्टको सामाजिक योगदानको चर्चा गर्दै नेपालको बसाई सुखद रहोस् भन्दै शुभ यात्राको कामना गरेका थिए । त्यस्तै गरि सम्मानित व्यक्तित्व चक्र विष्टले म नेपाल गएर पनि सक्दो समाज सेवा गर्ने भन्दै सुदूरपश्चिम समाज बुसानले गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।

No comments:

Post a Comment