Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 24, 2015

निवर्तमान सभापति शिवाकोटी द्वारा नयाँ कार्यसमितिलाई बधाई तथा धन्यवाद ज्ञापन


नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाको चौथो माहाधिवेशनमा लोकतान्त्रिक अभ्यास अनुरूप भएको मतदान प्रकिया बाट निर्वाचित गिरिराज कुँवर नेतृत्वको नयाँ कार्यसमितिलाई निवर्तमान सभापति नवराज शिवाकोटीले बधाई दिदै नयाँ नेतृत्वलाई कार्यसफलताको शुभकामना समेत दिनु भएको छ साथै पराजित हुने साथिहरु लाई कतिपनी बिचलित नभईकन आउदा दिनहरुमा पनि अझै सक्रियताका साथ अगाडि बढनु हुनेछ भन्ने बिश्वास राख्नु भएकोछ । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरू ,सदस्यहरू,सल्लाहाकारहरू , विभागिय प्रमुखहरु, पार्टीका क्रियाशील सदस्यहरू र पार्टी प्रति आस्था राख्नु हुने समुदायहरू त्यस्तै राजनितिक पार्टीका प्रवास कमिटिहरू , विभिन्न संघ संस्थाहरू,पत्रकारहरू, बिद्यार्थीहरु, ब्यापारीहरु लगायत कोरीयामा विभिन्न पेशा र व्यावसायमा आबद्ध सबै नेपाली दाजुभाई तथा दिदिवहिनिहरूमा धन्यबाद दिनुभएको छ ।
चौथो माहाधिवेशन सफल पार्न सहभागी हुनुभएकासम्पूर्ण पार्टी प्रतिनिधि , नेपालबाट आउनु भएका प्रमुख अतिथि , दुतावास बाट पाल्नु भएका विशेष अतिथि अन्य अतिथि क्रमश राजनितिक पार्टीका प्रवास कमिटीका प्रतिनिधि , गैर आवसिय नेपाली राष्ट्रिय महासंघ कोरीया(NRNA)का प्रतिनिधि , एनसिसि प्रतिनिधि , जनजाती महासंघका प्रतिनिधि , वोमन फर वोमनका प्रतिनिधि , पत्रकार संघका प्रतिनिधि लगायत उपस्थित  सम्पूर्ण क्षेत्रिय, जातिय र धार्मिक संघसंस्थाहरू र नेपाली समुदायमा धन्यबाद ज्ञापन गर्नु भएको छ ।
आगामी दिनमा पनि नेतृत्व बाहिर रहेर राजनिति र समाज सेवाको क्षेत्रमा निरन्तर लागि रहने प्रतिबद्धता व्याक्त गर्दै प्रवासमा नेपालीहरूको एकता र नेपालको समृद्धी र सम्पन्नताको लागि नेपाली जनसम्पर्क समिति थप बलियो र एकताबद्ध बन्नु पर्छ भन्ने मेरो मान्यता रहि आएको हुनाले यो प्रति म दृढ रहिरहने छु भन्नु भएको छ ।

No comments:

Post a Comment