Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 23, 2015

भारतीय नाकाबन्दी बिरुद्द उर्लिए कोरियावासी नेपालीहरु ,भारतीय दुताबास मार्फत मोदी सरकारलाइ बिरोधपत्र बुझाउने पर्यास

किशन गौतम,दक्षिण कोरिया 
२३ नोभेम्बर २०१५ 
नेपाल जस्तो भुपरीबेष्टिक राष्ट्रलाइ दिइएको परबाहन सुबिधाको अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाइ ठाडो रुपमा उल्लङ्घन गर्दै छिमेकि राष्ट्र भारतले बिगत २ महिना देखि अघोषित रुपमा गरेको नाकाबन्दी को कारण देशमा इन्धन ,औषधिक खाद्यान्न लगाएतका अत्यावश्यक सामग्रीको चरम अभाब हुनगइ मानबिय संकट आइरहेको बेला कोरियामा रहेका नेपालीहरु भारत सरकार बिरुद्द ब्यापक रुपमा प्रदर्शनमा उत्रिएका छन् l
कोरियामा क्रियाशील पाँच दर्जन भन्दा धेरै संघसंस्थाको आयोजनामा भएको उक्त बिरोध प्रदर्शनमा ब्याक अफ इन्डिया ,नाकाबन्दी हटाऊ ,नेपाल माथि को हस्त्क्षेप बन्द गर ,अन्तर्राष्ट्रिय कानुन को सम्मान गर आदि लेखिएका प्लेकार्ड बोकी राजधानी सउलमा भेला भएको थियो l उल्लेख्य नेपालीहरुको सहभागिता रहेको उक्त बिरोध र्याली राजधानी सउल देखि करिब पाँच किलोमिटर पैदल यात्रा गरि कोरिया स्थित भारतीय दुताबास पुगेको थियो l भारतीय दुताबास अगाडी प्रदर्शन लाइ जारी राख्दै केहि प्रतिनिधिहरु बिरोध पत्र बुझाउन भित्र छिरेको भएपनि दुताबासका कर्मचारिले पत्र बुझ्न इन्कार गरेका थिए l भारतीय दुताबास ले पत्र बुझ्न इन्कार गरेपछि त्यसलाई भोलि हुलाक मार्फत पठाइने कुरा कार्यक्रमको मुख्य आयोजक सपोर्ट नेपाल फाउन्देशनका कार्यकारी प्रमुख यज्ञराज सुबेदीले जानकारी गराए l उक्त बिरोध कार्यक्रमा सपोर्ट नेपाल फाउन्देशनका कार्यकारी प्रमुख यज्ञराज सुबेदी ,एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रि , एन आर एन आइसिसि प्रतिनिधि के पि सिटौला ,बिनोद कुँवर साथै योंग स्टार ग्रुप का अध्यक्ष याम श्रेष्ठ लगाएत ले बोल्दै देश विषम परिश्थितिबाट गुज्रीरहेकोले सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए l

No comments:

Post a Comment