Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 30, 2015

नेपाली सम्पर्क समिती (एनसिसि ) कोरियाले आगामी सलनालको लागि सांस्कृतिक कार्यक्रमको बाडफाड गर्ने

सलनालको लागि नेपाली सघसस्थाहरु बिच सांस्कृतिक कार्यक्रमको बाडफाड यहि आउदो  डिसेम्बर १३ तारिख आइतबारमा हुदै 

नमस्ते नेपाल कोरिया सम्बादाता
सोल
३० नोभेम्बर २०१५
नेपाली सम्पर्क समिती ( एनसिसि) दक्षिण कोरियाले सदाझैँ  यो वर्ष  पनि आगामी सलनालको लागि नेपाली सघसस्थाहरु बिच सांस्कृतिक कार्यक्रमको बाडफाड यहि आउदो  डिसेम्बर १३ तारिख आइतबारको दिनको १ बजे   सोल स्थित नेपाल हाउसमा गर्ने भएको छ ।
   गत आइतबार सोल स्थित एनसीसी कार्यालयमा संस्थाका  अध्यक्ष प्रेम शाह को अध्यक्षतामा कार्यसमिति र सल्लाहकार सहित बसेको बैठकले  छ्लफल पछि उक्त मिति र स्थान तय  गरेको हो l  साथै उक्त  बैठकले एनसिसिमा आबद्ध सम्पूर्ण संघसस्थाहरुलाई  कार्यक्रम गर्न इच्छुक भएमा उक्त दिन हाल सम्म संस्थाले गरेको सामाजिक कामको विवरण सहित  निवेदनका  लागि आव्हान गर्ने र नयाँ संघसस्थालाई एनसिसिमा आबद हुन आव्हान गर्ने  निर्णय पनि  गरेको छ 
त्यस्तै नयाँ सस्थाले यहि डिसेम्बर ६ तारिख सम्म एनसिसिमा  दर्ता गरिसक्नु पर्ने र  उक्त मिति भन्दा पछाडी दर्ता भएको सस्थाले आउदो सलनालमा कुनै पनि कार्यक्रमको दाबी गर्न  नपाउने  निर्णय गर्दै उक्त मिती अगाबै एनसिसिमा आबद्ध हुन आव्हान गरेको छ l दर्ताको हकमा भने  पुर्ब निर्धारित नियम स्वत लागू हुने कुरा अध्यक्ष प्रेम शाहले जानकारी गराए उक्त दिन कुनै पनि सघसस्थाले कार्यक्रम नजुधाएर नेपाली सम्पर्क समिती को कार्यक्रममा उपस्थित भै  कार्यक्रम सभ्य र भब्य रुपले  सफल परिदिनुहुन समेत एनसिसि कोरिया हार्दिक अपिल  गरेको छ 

No comments:

Post a Comment