Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 3, 2014

सामाजिक अनुशासन सरोकार समिति

कमलप्रसाद अर्याल ,कोरिया 
हामी नेपाली जहाँ पुगिन्छ त्यहाँ एउटा  सामुदायिक चेतना, सेवाभाव र करुणा भावको विकास पनि संगै भए हुन्थ्यो भन्ने भाव हामीमा जागृत हुन्छ l बर्मा गए कर्म संगै भनेजस्तो प्रवास भूमिमा  सामाजिक चेत र  राष्ट्रभक्तिको भाव झन् परिपाकमा पुग्छ l विदेशमा पसिना बगाउँदा सन्तोष भने  हुदैन ,विदेशको  झिलिमिली र देशको दुर्गति दुबैको तुलनात्मक समीक्षा गरिन्छ मन कुडिन्छ l गाउँ घर गरिबी ,बेथिति निवारण  अनि आफ्नो समुदायको हीतमा मेरो जीवनको केही अंश र कमाइको केही अंश प्रयोग होस् भन्ने महान् सामाजिक भाव चेतना  जाग्छ l त्यसैको प्रतिफल दक्षिण कोरियामा  पनि  निकै सस्थाहरू विकसित भएका छन् l तर  सबैमा विशुद्द सेवा भाव नै हुन्छ भनेर भन्न सकिने अवस्था देखिएन  त्यसैको प्रतिफल केही सामाजिक सस्थाका प्रतिनिधिहरू हरेक कार्यक्रममा देखिने बाँकी समुदायको सामाजिक सस्था  र तिनका व्यवहारमा सरोकारमा  नराख्ने अवस्थाले सामाजिक सस्थाहरू सबैको साझा बन्न सकिरहेका छैनन् l दुखद कुरा हो  सामाजिक सस्थाभित्र बिधि निषेधको सीमा नहुनु  ,बिधि प्रक्रियाको  अभाव हुनु  ,आर्थिक अनुशासनको अभाव  काम कर्तब्य र अधिकार ,कार्यक्षेत्रको सीमा नहुनु जस्ता कुराले  नेपाली समुदाय र सस्थाबीचको दुरी बढेको छ l  सस्थाको खोल ओढेर व्यक्तित्व विज्ञापनमा मात्र चासो राख्नु  चरित्र हत्या र व्यक्तित्व विज्ञापन बीच यहाँको पत्रकारिता विकसित भएको छ l राष्ट्र र समाजको हीत न्यायको विषयवस्तुमा पत्रकारिता  चलेको भ्रम पत्रकारिताको मर्म बिपरित फेसबुके धम्की मै शिखरमा पुगेको ठान्ने प्रवृत्ति , नेपालीबाटै नेपाली ठगिएको अवस्थाका बीच बीस तीस थान थपडीले सस्था हकिनु ,नेपाली समुदाय पाँच/दश  स्वतन्त्र समुदाय निर्माण गरी छुट्टीमा मनोरंजन गर्ने खाने पिउनेमा मस्त हुने गरी दुई कित्तामा विभाजित छन् l यही दोस्रो कित्ताको क्रियाकलाप नै ठीक रहेछ भन्ने पुष्टि भै सकेको अवस्था छ l
विमानस्थलबाट तालिमकेन्द्र पुग्दादेखि ठगिने क्रम सुरु हुन्छ l १४ हजार वनमा पाउने खान कार्ड १९ हजारमा बेचियो l हामी सय भन्दा बढी आएका थियौ  सबैले किनेर परिवारलाई  सकुसल आएँ भन्नु पर्ने थियो l सामाजिक संघ सस्था  अनेक बहानामा पैसा माग्छन् ,एम्बुलेन्स,विद्यालय,अनाथ बालवालिका ,गरिव समुदाय हीत, बिरामी आश्रयस्थल निर्माण र अनेक अनेक एजेन्डा ल्याउछन् l हामी भावुक र कारुणिक हुन्छौ ,छोरीलाई जामा किन्न पुग्ने पैसा दान गर्छौं तर सबैको पैसा जम्मा भएर कति भो ?के गरियो? भन्ने कुरा  सोध्दा  गोजीको पैसा छामेजस्तो ठान्ने प्रवृति पनि छ , यो अत्यन्त दुखद् कुरा हो l सलनाल छुसकमा सास्कृतिक कार्यक्रम हुन्छ कति आम्दानी भो जान्ने हक हुनुपर्ने  हो  l चलचित्र देखाइन्छ, चिटट्टा खोलिन्छ ,जुन सामजिक प्रयोजन देखाइन्छ त्यो पुरा भएको हुदैन l जान्ने हक प्रयोग गर्दा दादागिरी देखाइन्छ अनि किन गर्ने सहयोग भन्ने भाव आउनु स्वाभाविक हो l नेपाली सम्पर्क समितिले सस्था  दर्ता गर्ने अवधारणा ल्यायो तर यी सस्था दर्ता बिहीन छन् दर्ता बिहीन सस्थालाई गरेको सहयोगको नेपाली सम्पर्क समिति जिम्मेवार छैन भन्दैन l सलनाल छुसकमा कार्यक्रम गर्ने अनुमति दिन्छ हिसाब माग्दैन ,सरोकारवाला देखाउनु कर्तब्य ठान्दैनन् l कसैलाई अनुमतिबीना  गरिदै छ सहयोग नगर्नुस् भन्न भने पछि पर्दैन l हेर्न सुन्न र देख्न नसकिने बेथिति छ l
चालीस रुपियाँ दरका किताब ल्याएर हजारमा बेचिन्छन् लेखकको सहयोगार्थ  तर लेखकको  अनुरोध पत्र  देखाइदैन लेखकको विवरण  खोज्दा मान्छे  निर्लज्ज हुन्छ l यस्ता धेरै  विषयवस्तु छन् जसमा कसैको ध्यान जान सकेको छैन तर ध्यान जानुपर्छ l हामी यस्तै अनेक  विषयवस्तुमा  सरोकार राख्ने छौ l सामाजिक न्याय स्थापना होस्  ,भन्ने  राम्रो उद्देस्यसहित हामी अग्रसर भएका छौ l कोरियामा रहेका नेपाली समुदायको इच्छा पनि हो , हाम्रो उद्देस्य  सालीन, भद्र,शिष्ट  किसिमले सामुदायिक सम्पती र न्यायको संरक्षण गर्नु रहने छ l विवाद सिर्जना गरे  हिसाब देखाउनु पर्दैन भन्ने मानसिकता भएकाको प्रतीकारमा भने आवस्यक परे उत्रनु पर्नेछ l न्यायोचित मार्गमा लाग्दा कसैको डर धम्की र प्रलोभनमा नपर्ने प्रतिबद्दता सबैमा हुनेछ l
यस महान् अभियानलाई सफलतामा पुर्याउन पर्याप्त तयारी पुगेको भए पनि सबैमा सहयोगको अपेक्षा  गरिन्छ l विशेष गरी कोरियामा  सामाजिक क्षेत्रमा क्रियाशील संघ सस्थाको अनुभव बटुलेका समाजसेवी  पवित्र उद्देस्य र महान् आदर्श बोकेर सच्चा मनले सामाजिक सेवामा क्रियाशील व्यक्ति र संगति  चाहने  सचेत नेपाली  नागरिकमा  यसै लेख मार्फत आफ्नो सहभागिता जनाउनु हुन अनुरोध गर्दछु l यसले  पवित्र उद्देस्य  राख्नेको  मूल्यको कदर र गलत नियत राख्नेको  नियत प्रष्ट भई यो समाज प्रदुषित हुनबाट जोगाउन सकिन्छ l पर्याप्त छलफल गरी योग्यता पुगेका व्यक्तिहरूबाट समिति निर्माण हुनेछ l समितिमा रहने सदस्य हरूबीच उद्देस्य ,काम कर्तब्य र अधिकार ,कार्यक्षेत्र आदिका विषयमा व्यापक छलफल गरी निर्देशिका तयार गरिने छ l प्रारम्भमा  यो कमिटि तदर्थ ढाँचाको हुनेछ ,सरोकारवाला समिति र यहाँका जिम्मेवार समुदायबीच वार्ताको वातावरण भएमा  यसले स्थायित्व प्राप्त गर्ने छ l यो समिति  जनचेतना जगाउने र सामाजिक न्याय स्थापना गर्ने कार्यमा क्रियाशील रहने छ यस समितिको नाम 'सामाजिक अनुशासन सरोकार समिति 'रहने छ  l छलफलका निम्ति कोरियामा ०१०४८८३०८५७ मा सम्पर्क गर्नसक्नुहुने छ l लेखकलाई फेसबुक मार्फत सम्पर्क गरी  म्यासेज बक्स निखित र  भाइवरमा ०१०५९२५५२१८ मा सम्पर्क हुन सक्नेछ l यस महान्  अभियानमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु l 

No comments:

Post a Comment