Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 23, 2014

तमाङ संघ द. कोरियाले सलनालमा सोनाम ल्होछार मनाउने भब्य तयारी

जीबी लामा ,दक्षिण कोरिया

      नेपाल तमाङ संघ द.कोरियाले कोरियाको नयाँ बर्ष सलनालमा सोनाम ल्होछार मनाउने भब्य तयारी गरेको छ ।सलनाल को पहिलो दिन् अर्थात फेब्रुअरी १८ मा २८५१ औ ल्यूक  सोनाम ल्होछार कोरियाको राजधानी सीओलमा मनाउने भएको छ । नेपालका ख्याती प्राप्त तमाङ कलाकारहरु र स्थानीय कलाकारको बेजोड़ प्रस्तुति रहने उक्त कार्यक्रममा ल्होछारका बिभिन्न परीकारको साथमा रमाईलो गरी मनाउन लागिएको बताइएको छ । तर नेपाल बाट ल्याउने भनिएको कलाकारको नाम भने डीसेम्बर २८ पछी मात्रै सार्बजनिक गर्ने बताइएको छ ।
     
         गत डीसेम्बर् २१ आईतबार तोङदेमुन् मा बसेको ल्होछार मूल आयोजक कमिटिले कार्यक्रम सफल र भब्य बनाउनको लागी कार्य बिभाजन गरेको छ । कार्य बिभाजन अन्तर्गत सांस्कृतिक तथा हल ब्यबस्थापनको लागी बिकास मोक्तान र प्रकाश ब्लोन , साउण्ड सिस्टमको लागी राजु काल्तान ,टिकट बिक्री बितरण तथा आर्थिक ब्यबस्थानको लागी केन्जीङ योन्जन र चित्र बहादुर मोक्तान , प्रचार प्रसारको लागी जीबी लामा र मिंगमार ब्लोन ,स्वम् सेबक ब्यबस्थापनको लागी सुबास थीङ र संजिब कु.गोले ,अतिथि सत्कारको लागी शान्ति लामा ,पुजा तथा लामा गुरु ब्यबस्थानको लागी बिकास मोक्तान, ल्होछार परिकार तथा खाना ब्यबस्थानको लागी  डेन्जित लामा , तमाङ पोषक ब्यबस्थानको लागी निरन्जन तमाङ र टिकट छपाई, ब्यानर ब्याच् , ब्यबस्थापनको लागी पूर्ण बहादुर मोक्तान लाई जिम्बेवारी तोकिएको छ ।साथै  सम्पुर्ण कार्यको अनुगमन संघका अध्यक्ष देव सिं तमाङले गर्ने भएका छन । उक्त अबसरमा तमाङ संघ लाई बिषेस योगदान पुऱ्याए बापत बिभिन्न ब्यक्ति लाई सम्मान गर्ने भयको छ ।
       नेपाल लगायत अन्य मुलुकमा  जनवरी २१ तारिकमा ल्होछार मनाउने भयपनी ,कोरियामा भने सलनाल बिदाको अबसर पारेर मनाउन लागियको हो । गत बर्षहरुमा कोरियाको सलनाल र सोनाम ल्होछार सँगै परेको भयपनी यो बर्ष भने सलनाल भन्दा १ महीना छिटो  पर्न गएको छ । तरपनि महीना दिन भित्र जुनसुकै दिनमा पनी ल्होछार मनाउन सकिने बताउँछन् संघका अध्यक्ष देव सी.तमाङ ।

 सोनाम ल्होछार भब्य रुपमा सफल पार्नको लागी कोरियामा रहेको नेपाली समुदाय ,बिभिन्न संघ संस्था , ब्यापारी , बुद्दीजीबी , बिद्यार्थी , पत्रकार लगायत बिशेष गरी तमाङ समुदाय लाई तमाङ पोशाकमा उपस्थित हुन  तमाङ संघ द. कोरियाले हार्दिक अनुरोध गरेको छ ।

No comments:

Post a Comment