Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 10, 2014

एसियन युथ फुटबल फेस्टिभलमा नेपालद्वारा कोरिया, जापान तथा लाओस पराजित

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियाको ह्वासङ खेल मैदानमा  भएको दोस्रो एसियन युथ फुटबल फेस्टिबल २०१४मा नेपालले दक्षिण कोरिया ,जापान तथा लाओसलाइ पराजित गरेका छन  l 
१६ राष्ट्र सम्मिलित  सो फेस्टिवलमा नेपालको तर्फबाट यु–१२ राष्ट्रिय फुटबल टोली सहभागी भएका थिए l अगस्त ८ देखि ११ सम्म संचालन हुने  सो युथ फुटबल फेस्टिवलमा अगस्त ९ र १० दुइ दिन नेपालले खेल खेलेका थिए l अगस्त ९ तारिकको पहिलो खेलमा नेपालले जापानलाइ (४-० ) हराएको थियो l जापान बिरुद्दको खेलमा नेपालका एलान थापाले २ ,रेजिन सुब्बा १ तथा जय गुरुङले १ गोल गरेका थिए l ९ कै तारिकको दोस्रो खेलमा नेपालले दक्षिण कोरियालाइ (५ -०) ले पराजित गरेका थिए l दक्षिण कोरिया बिरुद्दको सो खेलमा जय गुरुङ ,असिम भुसाल ,बिनय चौधरी ,एलन थापा तथा अनिल महर्जनले गोल गरेका थिए l १० तारिक आइतबारका दिन भएको पहिलो खेलमा नेपालले रेजिन सुब्बाको १ गोलको मद्धतले लाओसलाइ पराजित गरेका थिए l त्यस्तै १० तारिकको दोश्रो खेलमा नेपालले दक्षिण कोरियालाइ ( ३ - ०) ले पराजित गरे l दक्षिण कोरिया बिरुद्दको सो खेलमा एलन थापा ,रेजिन सुब्बा ,दर्शन गुरुङले गोल गरेका थिए l

दोश्रो एसियन युथ फुटबल फेस्टिबल २०१४ मा सहभागी हुन् आउनुभएका यु.१२ का राष्ट्रिय फुटबल टोलिलाइ फुटबल विज्ञ कृष्ण गुरुङ ( ब्रो तमु ) ले खादा ओढाई स्वागत ,सम्मान र बिदाइ गरेका थियो l नेपाली फुटबल टिमको लागि वोलुन्तर( सहयोगी ) सउल बिश्व बिद्यालयका  सुश्री सलिना प्रधानले भूमिका खेल्नु भएको छ l खेलाडीहरुको टोलि ११ अगस्त बिहान ९ बजे कोरियाको इन्छन एएरपोर्टबाट नेपाल फर्कने छन् l





No comments:

Post a Comment