Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 15, 2014

कोरियामा नेपाली कामदारलाई सञ्चयकोषको व्यवस्था गर्न लबिङ

काठमाण्डौ  । सरकारले कोरियामा काम गर्ने नेपाली कामदारलाई सञ्चय कोष उपलब्ध गराउन लबिङ गरेको छ । कोरियाको निजी क्षेत्रका कामदारले ‘नेसनल पेन्सन फन्ड’ कार्यक्रमअन्तर्गत सञ्चय कोषलगायतका सुविधा पाउने भएकाले नेपाली कामदारलाई पनि सोही सुविधा उपलब्ध गराउनुपर्ने माग रोजगारदाता मुलुकसँग नेपालले गरेको हो । नेपालको यो प्रस्ताव सर्तसहित कार्यान्वयन गर्न कोरिया सरकार तयार भएको छ ।

नेपाली कामदारलाई सञ्चय कोष दिने भए नेपालमा काम गर्ने कोरियालीलाई पनि यस्तै सुविधा दिनुपर्ने कोरिया सरकारले प्रस्ताव गरेको छ । यसमा नेपाल सरकारले अहिलेसम्म कोरियाली पक्षलाई स्पष्ट जवाफ भने दिन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कोरियाली कामदारको नेसनल पेन्सन फन्ड कार्यक्रम अन्तर्गत आम्दानीको नौ प्रतिशत रकम सञ्चय कोषमा जम्मा हुने गरेको छ । यसमा साढे चार प्रतिशत रोजगारदाताले थप्ने गर्छन भने साढे चार प्रतिशत कामदारको आम्दानीबाट कटौती गरेर जम्मा गरिन्छ । विनाभेदभाग यही सुविधा नेपाली कामदारलाई पनि दिनुपर्ने माग नेपालले राखेको छ ।


No comments:

Post a Comment