Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 5, 2014

कोरियामा नेपाल जनअधिकार मञ्चको तेश्रो अधिवेसन सम्पन्न ( फोटो फिचर सहित )

रमेश खावाजु ,दक्षिण कोरिया 
गत अगस्त ३ तारिक आइतबारका दिन दक्षिण कोरियाको राजधानी सउल जुङ्गु युथ ट्रेनिङ सेन्टर, याक्सुमा  एकिकृत नेकपा माओबादीको भातृ संगठन नेपाली जनधिकार मञ्च दक्षिण कोरियाको तेश्रो अधिवेशसन सम्पन्न भएको छ l

 एकिकृत माओबादीका उपाध्यक्ष, तथा पुर्वमन्त्री पोष्टबहादुर बोगटी प्रमुख अतिथि रहेका तेश्रो अधिवेसनमा  २७ सदस्य कार्यसमिति चयन गरेको थियो  । बन्दसत्रमा उपाध्यक्ष, तथा पुर्वमन्त्री बोगटीले निर्वाचित सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो l २७ सदस्य कमिटीमा २५ जना  निर्वाचित र २ जना पछि मनोनयन गर्ने गरि अध्यक्ष बाहेक सबै पदहरु निर्बिरोध पदाधिकारी चयन गरेको थियो l  सागर न्यौपानेले प्रतिस्पर्धी चुडामणी अधिकारीलाई ८ भोटको अन्तरले हराउदै अध्यक्ष भएका हुन् । बरिष्ठ उपाध्यक्ष गणेश कालिकोटे, उपाध्यक्ष कृष्ण थिङ, उपाध्यक्ष प्रशान्तराज बानिया, महासचिव लालकाजी बस्नेत,सचिबहरुमा सरोज ढकाल, मणि भुषाल, शिव वस्याल र कोषाध्यक्षमा बिष्णुप्रसाद पाण्डे चयन भएका छन  । त्यस्तै सदस्यहरु सरिता बानिया, गोबिन्द बास्तोला, चडामणि अधिकारी , सुर्यसज्जन सिंह, रामप्रसाद पाठक, शुशिल न्यौपाने, चन्द्र तामाङ,पदम लावती, भीमसेन बन्जरा,बलराम भण्डारी, भैरब बखती, राजेन्द्र पाण्डे, यामलाल न्यौपाने र श्यामलाल पाण्डे रहेका छन् l

कार्यक्रममा  प्रमुख अतिथि बोगटी , बिशेष अतिथि दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले निर्वाचित पदाधिकारीहरूलाइ बधाई तथा सुभकामना ब्यक्त गरेका थिए l  सो अधिवेशनमा प्रवासि नेपाली मञ्च (ओएनएफ) का अध्यक्ष गोबिन्द गाउले, नेपाली जनसम्पर्क समितिका अध्यक्ष नवराज शिवाकोटी, संघिय लिम्बुवान राज्य परिषदका अध्यक्ष प्रकाश लिङदेन, संघिय समाजवादी पार्टीका संयोजक दिपेन्द्र राई, श्रम सहचारी अनिल गुरुङ्ग, एनआरएन आईसिसि प्रतिनिधि केपि सिटौला, एनआरएन अध्यक्ष बिनोद कुंवर, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष भक्त शेरचन र वमन फर वमनकी उपाध्यक्ष मोलिका थकालीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष दिपक पुनको अध्यक्षतामा सम्पन्न भएको थियो l


No comments:

Post a Comment