Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 2, 2014

कोरिया रोजगारीमा नेपाली कामदार सबैभन्दा बढी जिम्मेवार : राजदूत चिन



काठमाडौं। नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ चिनले नेपाल र दक्षिण कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध अभिबृद्धिका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले दुई मुलुकबीचको निजी क्षेत्रसँगको सम्बन्ध अभिबृद्धि गर्न व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदानमा पनि जोड दिएका छन् ।

राजदूत चिन र नेपाल चेम्बर अफ कमर्सबीच बिहीबार भएको छलफलमा राजदूतले यस्तो बताएका हुन् । उनले दक्षिण कोरियामा उच्चस्तरीय शीपयुक्त मानव संसाधनको माग रहेको भन्दै यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने पनि बताए ।कोरियामा रोजगारीका लागि जाने कामदार मध्ये नेपाली सबैभन्दा जिम्मेवार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा दिगो शान्ति र संविधान निर्माण कार्यले मूर्त रुप लिदैं गएको भन्दै जलविद्युत, कृषि, पूर्वाधार, पयर्टन, खनिज तथा सेवा उद्योग क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए ।कोरियाका उद्यमी–व्यवसायीहरुसँग नेपाली उद्यमी–व्यवसायीहरुले संयुक्त रुपमा लगानी गर्न चाहेको उनको भनाइ थियो ।

उनले नेपाल सरकारले स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न आर्थिक विधेयकमार्फत् प्रदान गरिएका सुविधाबारे जानकारी गराउँदै नेपाललााई कोरियाले विकास गरेका ज्ञान, सीप र प्रविधिको आवश्यकता रहेको पनि बताए ।

No comments:

Post a Comment