Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, July 26, 2014

दक्षिण कोरियामा नयाँ संविधानबारे चिन्ता, विशेष बहसको तयारी हुँदै

काठमाडौं,  ।
नेपालको राजनीतिक अवस्था प्रति आम नागरिकहरुको चिन्ता र चासो बढिरहेका बेला नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाले तोकिएकै समयमा संविधान जारी गर्न माग गरेको छ । कोरियाका एक विशेष कार्यक्रमको तयारीका क्रममा समितिको बैठकले संविधान निर्माण गर्न सबै दलहरु जिम्मेवार बन्न आग्रह गरेको छ ।
‘आजको नेपाल र अबको नेपाल’ विषयमा अन्तक्रियाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।  आउँदो भाद्र १ गते अर्थात अगस्त १७ का दिन दक्षिण कोरियाकाको सउलमा हुने सो अन्र्तक्रियामा संविधान प्रतिको चासो र पछिल्लो अवस्था सँगै  प्रवासमा नेपालीहरुले भोग्नु परेको समस्या र  त्यसको समाधान को विषयमा समेत बहस हुने समितिका सभापति नवराज शिवाकोटीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता विश्वप्रकाश शर्मा तथा अन्य यूवा नेता र बुद्धिजीविहरु समेत दक्षिण कोरिया पुग्ने कार्यक्रम तय भएको छ ।
हाल नेपालमा संविधान निर्माणको काम अगाडी बढिरहेको र आगामी माघ ८ गतेको समय सीमा समेत तोकिएको अवस्थामा दक्षिण कोरिया भित्र रहेका सम्पूर्ण नेपालीहरुलाई संविधान र समग्र राजनीतिक अवस्थासँग जोड्दै विदेशी भूमिमा पसिना बगाउन बाध्य नेपाली नागरिकहरुको समस्याहरुको समेत जानकारी होस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले बताए । कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सहभागिता रहने उनको भनाइ छ ।
जनसम्पर्क समितिले कोरियामा रहेका नेपालीहरुलाई एकत्रित गर्दै बेलाबखत देशसँग जोड्ने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । गत वर्ष पनि पहिलो संविधान सभामा सबैभन्दा बढी विवादित विषय र संघियताको विषयमा समेत सउलमा अन्र्तक्रियाको आयोजना गरिएको थियो । पछिल्लो समय दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत हजारौं नेपालीहरु रोजगारीका लागि पुगेका छन ।

No comments:

Post a Comment