Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 21, 2014

पत्रकार सुब्बा फोनिजद्धारा सम्मानित , १३ सदस्यीय पहिलो कार्यसमिति छनौट


आदिवासी जनजाती पत्रकार महासंघ कोरिया (फोनिज)ले लामो समयदेखि कोरियामा रहेर पत्रकारिता गदैं आएका पत्रकार डम्बर सुब्बालाई सम्मान गरेको छ । आइतबार सम्पन्न आदिवासी जनजाती पत्रकार महासंघ कोरिया ९फोनिज अधिवेशनमा कोरियाका लागि नेपाली राजदुत कमान सिंह लामाले पत्रकार  सुब्बालाई  दोसल्ला ओडाएर सम्मान गरे ।राजदुत लामाले  अनलाइन पत्रिका फोनिज डट कमको समेत   उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दैं लामाले पिछडिएका जनजातिको पक्षमा निष्पक्ष कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए । पत्रकारिताका नाममा कसैंले गलत अफवाह फैलाउन नहुने भन्दैं लामाले भने ' सत्यतथ्य कुरा लख्नुहोस पितपत्रकारिता नगर्नुहोस ।'
 त्यसैबीच   फोनिजको अधिवेशनले मन्जु गुरुङको नेतृत्वमा १३ सदस्यीय पहिलो कार्यसमिति छनौट समेत गरेको छ ।समितिको उपाध्यक्षमा यम श्रीस मगर, सचिव मिङमार लामा, सह सचिव निश्चल काउचा, कोषाध्यक्ष सुरज गुरुङ र सदस्यहरु  नोगेन नेम्बाङ, जीबी लामा, भरत तुलाचन, रमेश खवाजु, रोशन राई, ऐश्वर्य श्रेष्ठ, नोमराज गुरुङ रहेका छन् । बाँकी एकजना भने पछि थप गर्ने बताइएको छ  ।

सोही कार्यक्रममा  आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचन, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य केपी सिटौला, मल्लिका थकाली, सागर तामाङ  लगायतले नयां नेतृत्वलाई बधाइ तथा कार्यसफलताको शुभकामना दिएका थिए ।२०१३  मन्जु गुरुङ संयोजकत्वमा आदिवासी जनजाती पत्रकार महासंघ कोरिया (फोनिज) गठन भएको थियो ।

No comments:

Post a Comment