Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 16, 2014

कोरियामा खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता 
१३,जुलाईका दिन सुयुस्थित ह्याप्पी कुक रेस्टुरेन्टमा सुदूरपश्चिम समाजले दक्षिण कोरियाको मुजु शहरमा आठौं विश्व तेक्वान्दो कल्चरल  एक्सोमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल खेलाडीहरुको सम्मानमा   बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ  ।

सुदूरपश्चिम समाजका सचिव जीतेन्द्र महतको संचालन र समाजका  अध्यक्ष प्रेम शाहको अध्यक्षता उक्त सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।  सम्मानित हुने खेलाडीहरुमा क्रमशः    असोक खड्का, बसन्ती बोहरा , मिस्मा  कुमारी  छन्त्याल, अनिस महर्जन, इश्वरी थापा, तेज बहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री, शिशिर लिम्बू र विशाल गुरुङ रहेका छ्न । सम्मानित खेलाडीहरुलाई  प्रमाणपत्र सहित नगद ६००,००० वोन समाजको तर्फबाट अध्यक्ष प्रेम शाह र सल्लाहकार अग्नि कोईरालाले सामिहिकरुपमा ५५०;००० वोन असोक खड्कालाई र ५१;००० वोन नगदले अनिस महर्जनलाई सम्मान गरेको छ । सम्मानपछि प्रशिक्षक खड्काले सुप समाजप्रती आभार व्यक्त गर्दै यो सम्मानले आगामी दिनका लागि थप हौसला मिलेको बताउनु भयो । पदक विजेतामध्ये ७ जना खेलाडीहरु  रक्षा नेपालमा आश्रीत यौनजन्य हिंसा पीडित बालबालिका थिए । दिवा भोजसहित भएको कार्यक्रममा खड्काले सुपसमाजलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा आर्थिक  सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै सुदूरपश्चिम समाजले सहयोगीहरुको नामावली सार्वजनिक गरेको छ ।


१. सुबास हमाल    १११,१११ वोन
२. प्रेम शाह          १०१००० वोन
३. धर्मराज जोशी   ५१,०००वोन
४. विशाल शाह     ५१,००० वोन
५. यज्ञमान नायक  ५१,००० वोन
६. जीतेन्द्र महता   ५१,००० वोन
७. चन्द्र थापा       ५१,००० वोन
८. टंक रेग्मी        ५१,००० वोन
९. प्रेम चन्द         ३१,००० वोन
१०. डा. शेर ब. रावल ३०,००० वोन
११. डा. अग्नि कोईराला ३०,००० वोन
१२.लाल ब. साउद ३०,००० वोन
१३.. महेन्द्र पन्त ३०,००० वोन
१४. सन्जीव देउवा ३०,००० वोन
१५. दिलिप रावल ३०,००० वोन
१६. दीपक रोकाया ३०,००० वोन
१७. खेम केसी ३०,००० वोन
१८. चक्र बिष्ट  ३०,००० वोन
१९. दीपक चन्द  २१,००० वोन
२०. वीर ब. महता २०,००० वोन
२१. मनोज भट्ट  ११,००० वोन
२२. रघुबाबा बोगटी  १०,००० वोन
२३. शिवराज भट्ट  १०,००० वोन
२४. गणेश भट्ट  १०,००० वोन
२५. मिलन       १०,००० वोन
२६. सिद्धराज जोशी १०,००० वोन

No comments:

Post a Comment