Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 30, 2014

अगष्ट ३ मा एनआरएन कोरियाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

नमस्ते नेपाल कोरिया सम्वाददाता 
आउदो अगस्त ३ तारिक आइतबारका दिन नेपालीका लागी नेपाली(By Nepali For Nepali) भन्ने मुल नाराका साथ एनआरएन कोरियाले  निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ l 


कोरियाको ब्यस्त समय अनि भाषागत समस्यले गर्दा थुप्रै नेपालीहरु आफ्नो स्वास्थ्य अवस्थाको उचित परामर्श लिन नसकिरहेको हुनाले 
यस कुरालाई मद्यनजरमा राख्दै NRNA- कोरियाले महिनाको २  पटक स्वस्थ्य शिविर संचालन गर्न लागेको हो l आउदो अगस्त ३ मा हुने स्वास्थ्य शिबिरमा कोरियनहरुको "नेपाली छिन्गु " नामक   समुहले स्वयंसेवा प्रदान गर्ने छ l यस स्वास्थ्य सिबिरमा  अक्कुपङ्चर; अक्कुप्रेसर; ढाडको समस्या ; नशा सम्बन्धि; रगत संचालन नहुने ; डिप्रेसन सम्बन्धि समस्याहरुको कोरियन  बिशेसज्ञ डाक्टरहरुबाट उचित उपचारको साथै निशुल्क औषधि बितरणको समेत  रहेको कुरा NRN कोरियाका अध्यक्ष बिनोद कुंवरले बताउनु भएको छ। अध्यक्ष कुँवरले  गैर आवसिय नेपाली संघ दक्षिण कोरियाद्वारा संचालित कोरियामा नेपाली साझा घर "नेपाल हाउस"मा संचालन हुने स्वस्थ्य शिविरमा आफ्नो स्वास्थ्यको बारेमा उचित परामर्श एवम स्वास्थ्य लाभ लिनको लागि कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l 


निशुल्क स्वास्थ्य शिबिर सम्बन्धि बृस्तित जानकारी:
मिति : प्रत्यक महिनाको पहिलो र तेश्रो आईतबार
सेवाको प्रकार: हाडजोर्नी, नशा ,ओरिएन्न्तल् (oriental) तथा अकुपंचर (acupuncture) 
(शल्यक्रियाबाहेकका सम्पूर्णसेवा हरु)
संख्या: एक पटकमा अधिकतम २० जना
स्थान: नेपाल हाउस
समय: दिवा १२.०० बजे देखि ३.०० बजे सम्म

अन्य जानकारीको लागी सम्पर्क नंबरः 
प्रकाश धमला( महासचिव )01027336686, 
बिमल सुबेदी( प्रबक्ता NRNA - कोरिया ) 01084082135, 
नवराज तामाङ(कमिटी सदस्य) 01027336686, 
धर्मराज जोशी( कमिटि सदस्य) 01027046649
आफ्यनो स्वास्थ्य परिक्षण गराउन इच्छुक महानुभावहरुले यथाशिध्र आफ्नो नाम टिपाउनुहुन सम्बन्धित सबैमा अवगत गराइन्छ

No comments:

Post a Comment