Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 30, 2014

कोरिया जानलाइ थाहा पाउनै पर्ने कुराहरु

दीपा तिमल्सिना ,काठमाडौ, 
तपाईं रोजगारीका लागि कोरिया जाने तयारीमा हुनुहुन्छ ? त्यसका लागि आफ्नो अनुहारको दाग र चायाँ हटाई चिटिक्क र सफा पारी धुलाइएको फोटो इपिएसको भाषा परीक्षाको आवेदन फराममा टाँस्ने तयारीमा हुनुहुन्छ भने सचेत हुनुहोस् ।

रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत भाषा परीक्षामा उत्तीर्ण भएपनि दक्षिण कोरिया सरकारले सबैलाई रोजगारका लागि स्वीकृति दिँदैन । त्यसको कारण सिमित कोटा मात्रै होइन । तपाईको सामान्य लापरबाही पनि हो ।
भाषा परीक्षाको लागि तपार्इंले फारम भर्दा आफ्नो अनुहारमा भएका दाग र चायाँ नदेखिने चम्किलो फोटो टाँस्नुभएको छ भने तपाईले त्यस्तै प्रकृतिको फोटो एमआरपी बनाउँदा पनि टाँस्नुपर्छ । परीक्षा फारममा र एमआरपीमा फरक अनुहार (दाग भए/नभएको) देखिए तपाईंलाई दक्षिण कोरियाले रोजगारका लागि अनुमति दिँदैन ।
विगतका वर्षहरुमा फोटोकै कारण धेरैजना भाषा परीक्षा पास गरेर पनि रोकिएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरैजसोले अनुहारमा भएका दाग धब्बा हटाइएको फोटो फारममा टाँसे तर पछि एमआरपी बनाउँदा त्यो फोटोसंग मेल खाने खालका फोटो टाँसेनन् । त्यसैले उनीहरुको स्वीकृति रद्द भो । त्यसैले फारम भर्दा आफ्नो अनुहार जस्तो छ, फोटोमा त्यस्तै देखाउनुपर्छ ।’
यति मात्रै नभएर परीक्षाका लागि फारम भर्दा नाम लेख्नका लागि छुट्टाइएको भागमा पहिले थर लेखेर मात्र नाम लेख्नुपर्छ । बाँस्तोलाका अनुसार धेरैजसोको बानी पहिला नाम अनि थर लेख्ने भएकाले पनि समस्या हुने गरेको छ । यस्तै फारम भर्दा धेरैको जन्म मिति पनि नमिल्ने गरेको पाइएको छ । नागरिकतामा र एमआरपीमा फरक फरक मिति लेख्दा तपार्इंको मेहनत त्यसै खेर जान सक्छ । नेपाली जन्म मिति सही हुने गरीमात्र अंग्रेजीमा रुपान्तरण गर्न इपिएस कोरिया शाखाको सुझाव छ ।
कामको लागि दक्षिण कोरिया जान चाहनेले यो महिनाको अन्त्यमा आवेदन फारम बुझाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत पाचौं भाषा परीक्षाको लागि यही साउन २८ गतेदेखि ३१ गतेसम्म आवेदन फारम संकलन गरिने मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार फारम संकलनका लागि काठमाडौं उपत्यकाका ३ ठाउँमा र उपत्यका बाहिरका लागि ४ ठाउँमा केन्द्र राखिनेछ ।
ललितपुरको च्यासल फुटबल खेल मैदान, एक्मी ईन्जिनियरिङ कलेज सितापाईला र ल्याबरोटरी स्कूल कीर्तिपूरमा उपत्यकाका लागि र  बाहिरी जिल्लाका लागि धरानको धरान सभागृह, पोखरामा बिन्दबासिनी उच्च मावि बाटुलीचौर, बुटवलको बुटवल प्रदर्शनी मण्डप र डढेल्धुरामा कर्मचारी मिलन केन्द्रमा फारम संकलन केन्द्र राखिनेछ ।
परीक्षा आउँदो असोज १० र ११ गते सञ्चालन हुने बास्तोलाले बताउनुभयो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरु सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् तर अहिलेसम्म कोटा भने निर्धारण भैसकेको छैन । कामका लागि कोरिया जानेको संख्या २६ हजार पुगिसकेको शाखाको तथ्याङ्क छ ।
-

No comments:

Post a Comment