Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 5, 2014

नेपाली तदर्थ समिती उमसंगको बनभोज कार्यक्रम सम्पन्न

बाबुराम पोख्रेल - छङ्जु,दक्षिण कोरिया 
मे ४ तारिक आइतबारका दिन नेपाली तदर्थ समिती उमसंगको आयोजनामा उमसंग वोङ्हाक खोल पार्कमा भएको मैत्रीपुर्ण वनभोज  कार्यक्रम सम्पन्न भएको छ l
बनभोज कार्यक्रम कार्यक्रम रमाइलोगरी समापन भएसंगै यस  क्षेत्रमा रहेका नेपालीहरुको विविध समस्याहरुलाइ सहयोग एंव समाधान गर्ने हेतुकासाथ कार्यसमिती पनि गठन गरिएको छ।यस कार्यसमितिमा  अध्यक्षमा महेन्द्र(रमेश)श्रेष्ठ ,उपाध्यक्ष  दिपक   दाहाल ,सचिव-हरी भट्टराई ,सहसचिबमा बाबुराम पोख्रेल तथा कोषध्यक्षमा लालबहादुर साउद सर्वसहमतिमा चुनिएको थियो l त्यसैगरि सदस्यहरुमा क्रमश प्रेम ब.क्षेत्री ,प्रकाश श्रेष्ठ ,सविन भुषाल तथा कृष्ण लिम्बु चुनिएका थिए l समिती गठनको औपचारिक कार्यक्रम नेपाली तदर्थ समिती उमसंगका अध्यक्ष मनोज शाक्यले संचालन गर्नुभएको थियो।सो समितीलाई सहयोग गर्न स्थानिय कोरियन खो सोफिया,इ छुङ्ग सव र प्रहरी अफिसर इ जे वम रहनु भएको छ।नव गठित समितीलाई कार्यसफलताको शुभकामना मन्तव्य दिपक कुँवर,गोपाल लिम्बू र इ छुङ् सवले दिनुभएको थियो।
 


No comments:

Post a Comment