Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 2, 2014

घर फर्कन चाहने कोरियाका गैरकानुनी कामदारलाई सहुलियत ऋण

नमस्ते नेपाल कोरिया डट कम 

दक्षिण कोरियामा गएका कामदार गैरकानुनी रुपमा उतै बस्न थालेपछि सरकारले उनीहरुलाई स्वदेश फर्काउन सुहलियतपूर्ण ऋण र सीपमूलक तालिमको योजना ल्याउने भएको छ।

दक्षिण कोरियाले गैरकानुनी रुपमा कामदार बस्ने क्रम नरोकिए नेपाललाई दिएको कोटा कटौती गर्ने चेतावनी दिएपछि सरकारले यस्तो योजनाको तयारी गरेको हो।यसका लागि सरकारले छिट्टै आवश्यक कार्यविधि बनाउने भएको छ। कार्यविधि बन्ने वित्तिकै योजना कार्यान्वयनमा आउने अन्नपूर्ण पोस्टमा खबर छ।
श्रम तथा रोजगार मन्त्रालय अन्र्तगत ईपीएस शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियामा गैरकानुनी रुपमा कामदार बस्ने प्रवृत्ति निरुत्साहित गर्न फर्केका कामदारलाई सुहलियतपूर्ण ऋण र सीपमुलुक तालिम दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘यसका लागि श्रम तथा रोजगार मन्त्रालयले छिट्टै कार्यविधि बनाउनेछ,’ उनले भने ‘ कार्यविधिमा फर्किएका कामदारलार्इ दिइने ऋण उनीहरूसँग लिने ब्याजदर तथा तालिमका बारेमा स्पष्ट व्यवस्था हुनेछ । श्रम तथा रोजगरा मन्त्रालयको संयोजकत्वमा रहेको निर्देशक समितिको गत साता बसेको बैठकले यस्तो निर्णय गरेको बस्तोलाले बताए । गैरकानुनी कामदार समस्या न्युनिकरण गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदलसमेत गठन गरिएको छ ।
सन २०१३ डिसेम्बरसम्ममा ६ सय ५८ जना नेपाली कामदार गैरकानुनी रुपमा कोरियामा बसेको सरकारी तथ्थांक छ । सन २०१४ मा वैधानिक अवधि पूरा गरेका चार हजार नेपाली कामदार फिर्ता हुनुपर्नेछ । अहिले कोरियामा २३ हजार नेपाली कामदार छन् ।

No comments:

Post a Comment